बीमा न्युज,
कार्तिक ६, काठमाडौ । सोमबार नेप्से नकारात्मक देखिएको छ । अन्य समुह बाहेक सबै समुहमा गिरावट आउदाँ नेप्से नकारात्मक देखिएको हो ।
सोमबार बीमा समुह ५० दशमलब १९ अंकको घट्दा शुन्य दशमलब ५८ प्रतिशत अंकले परिवर्तन भएर आठ हजार पाँच सय ३३ दशमलब ०६ विन्दुमा झरेको छ । बीमा समुहको कारोबार भने १० करोड ७३ लाख ५३ हजार रुपैयाँ भएको छ ।
सोमबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा तीन बीमा कम्पनीहरु रहेका छन् । दुई करोड ६२ लाख बराबरको कारोबार भएर लाइफ इन्स्योरेन्स कम्पनी सुचिको दोस्रो स्थानमा रहका छन् । यस्तै प्रभु इनस्योरेन्सको दुई करोड २२ लाख बराबरको कारोबार भएर लाइफ इन्स्योरेन्स कम्पनीलाई पछ्याएका छन् । सातौं स्थानमा रहेको नेपाल लाइफको पनि एक करोड १० लाख बराबर कारोबार भएर शिर्ष स्थानमा पर्न सफल भएका छन् ।
कारोबार संख्याको आधारमा प्रभु इन्स्योरेन्सको एक सय ९० पटक कारोबार भएर सुचिको पहिलो स्थानमा छ । यस्तै नेपाल लाइफको एक सय ६२ पटक कारोबार भएर दोस्रो स्थानमा रहेको छ । सोमबार धेरै कमाउने र गुमाउनेमा कुनैपनि बीमा कम्पनी परेका छैनन् ।
सोमबार नेप्सेमा तीन दशमलब ६२ अंकको गिरावट आउदाँ १५ सय ६८ दशलमब ३० विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५६ कम्पनीका आठ लाख ८७ हजार छ सय ४३ कित्ता शेयरहरु तीन हजार सात सय ८८ वटा कारोबारबाट ४० करोड सात लाख ९७ हजार सात सय पाँच रुपैँयामा किनबेच भएका छन् ।