Nepal Life Insurance

लाभांस पारित गर्न प्रुडेन्सियलले साधारण सभाका लागि आह्वान

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलवार १३:५०

Beema News

बीमा न्युज,
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांस प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । प्रुडेन्सियलले सञ्चित नाफाबाट २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्न आगामी मंसिर १ गते साधारण सभा आह्वान गरेको हो ।

 

कम्पनी सञ्चालक समितिको गत असोज ६ गते शुक्रबार सम्पन्न १७२ औं बैठकले लाभांस प्रस्ताव गरेको थियो । साधारण सभा प्रयोेजनकालागि कम्पनीले कात्तिक १७ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । कम्पनीको बोनस सुरक्षित गर्न चाहने लगानीकर्ताले कात्तिक १६ गते बिहीबारसम्ममा सेयर खरिद गरिसक्नु पर्छ ।

 

प्रुडेन्सियलले हाल कायम चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ । चुक्ता पुजीँको २० प्रतिशतले हुन आउने आठ करोड ५५ लाख ३६ हजार रुपैयाँको बोनस वितरण गर्न लागिएको हो । कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत बराबरको ४५ लाख एक हजार ८९५ रुपैयाँ नगद लाभांश प्रस्ताव पनि साधारण सभाबाट पारित गर्दैछ । बोनस वितरणपछि कम्पनीको चुक्त्ता पूँजी ५१ करोड ३२ लाख १६ हजार रूपैयाँ पुग्नेछ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....