बीमा न्युज
कार्तिक-७/काठमाडौँ ।
जसरी हरेक मानिसले विवाह गर्ने संभावना हुन्छ । त्यति नै मात्रामा उसको डिभोर्स (सम्बन्ध विच्छेद) हुने संभावना पनि हुन्छ । विवाहमा हुन सक्ने अप्रत्याशित खर्चको भार कम गर्न विवाह बीमा गर्न सकिन्छ । विवाह खर्चिलो बन्दै गईरहेको छ भने डिभोर्स पनि स्वतः खर्चिलो बन्छ । तर अब अत्तिनु पर्दैन् । डिभोर्समा लाग्ने सम्पूर्ण खर्चको चिन्ताबाट तपाई मुक्त हुनुहोस् । डिभोर्स बीमा गरेर ।
डिभोर्स बीमा एक प्रकारको (CASUALTY) बीमा हो । डिभोर्सको समयमा हुने अप्रत्याशित आर्थिक भार कम गर्न यो बीमा पोलिसी(बीमालेख) लाभदायी हुन्छ । यदि तपाईको वैवाहीक जीवन असफलतातर्फ उन्मूख हुने लक्षण देखिदैछन् भने डिभोर्स बीमा तपाईलाई आर्थिक रुपमा सुरक्षा प्रदान गर्ने एक उपयुक्त विकल्प ठहरिन्छ ।
डिभोर्स बीमा पोलिसीले डिभोर्सको प्रक्रियमा लाग्ने खर्च वहन गर्छ । उदाहरणको लागि वकिललाई तिर्नुपर्ने रकम, कागजात मिलाउन लाग्ने खर्च र विभिन्न कानुनी प्रक्रियामा लाग्ने खर्चको भरण गर्छ ।
स्मरण रहोस : यो बीमा पोलिसी डिभोर्सको रोक्नको लागी होईन् डिभोर्स भएमा त्यसको खर्च वरण गर्नको लागि हो ।
दुर्घटना बीमा पोलिसीको आधारमा तयार गरिएको डिभोर्स बीमा पोलिसीले बीमकलाई डिभोर्स पश्चात डिभोर्समा भएको खर्चको भुक्तानी दिन्छ । भुक्तानी भने खरिद गरिएको पोलिसी अनुसार फरक फरक हुन सक्छ ।
टाईम म्यागजिनका अनुसार अमेरीकामा एक बर्षभरी हुने विवाहको ४४ प्रतिशत विवाह डिभोर्समा गएर टुगिंन्छन् । विवाहको पहिलो ८ बर्ष भित्रै सबैभन्दा धेरै डिभोर्स हुने गरेको टाईमको अध्ययनले देखाएको छ । यो प्रचलन विश्वव्यापी रुपमा फैलिदो र बढ्दै गईरहेको छ । डिभोर्सको प्रचलन बढेसंगै डिभोर्स प्रक्रियमा लाग्ने खर्चमा पनि बृद्धि हुन थालेको छ । यही बढ्दो खर्चको भार कम गर्ने उदेश्यसाथ यो बीमा पोलिसी-निर्माण गरिएको हो ।
अमेरिकामा प्रति डिभोर्स न्युनतम १५ हजार अमेरिकी डलर र अधिकतम ३५ हजार अमेरिकी डलर सम्म खर्च लाग्ने गरेको तथ्यांक छ । त्यसैगरि बेलायतमा प्रति डिभोर्स औसत १३ हजार पाउण्ड स्र्टलिगं खर्च लाग्ने बताईन्छ ।
प्रतिमहिना १६ अमेरिकी डलर तिरेर यो बीमा पोलिसी खरिद गर्न सकिन्छ । टाईम म्याागजिनकै अर्को अध्ययनका अनुसार डिभोर्सका लागि आवेद दिनेमध्ये करिब ७० प्रतिशत मानिस डिभोर्सको खर्च व्योहोरेर गरिबीको रेखामुनि आउने गरेको पत्ता लागेको छ । प्रति महिना १६ अमेरिकी डलर तिरेर खरिद गर्न सकिने यो बीमा पोलिसी युनिटमा किन्न सकिन्छ । प्रति एक युनिटले १ हजार २ सय ५० अमेरिकी डलर रकम कभरेज गर्ने गर्छ ।
डिभोर्स बीमा पोलिसीको अवधि ४८ महिनाको हुन्छ । तसर्थ बीमा अवधि समाप्त(परिप्वक्क) हुनु भन्दा पहिले नै डिभोर्स गरिसक्नुपर्छ ।
डिभोर्स इन्स्योरेन्सको सुरुवता सन् २००५ देखि भएको हो । पहिलोपटक सन् २०१०मा पहिलो डिभोर्स पोलिसी बिक्रि भएको थियो । अहिले विश्वभरका धेरै बीमा कम्पनीले डिभोर्स ईन्स्योरेन्स पोलिसी बिक्रि गर्दै अएका छन् ।
यो पनि पढ्नुहोस