बीमा न्युज,
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको १६ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीबाट २०५ बोनस सेयर र त्यसमा लाग्ने कर तिर्न १.०५३५ नगद लाभांस दिने प्रस्ताव पेश गर्न कात्तिक २९ गते साधारण सभा बोलाएको हो ।
कम्पनीले २० प्रतिशत बोनस वितरण गरेर र ३५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताब समेत पारित गर्नेछ । कम्पनीले प्रस्तावित बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीबाट फेरि ३५५ हकप्रद निष्कासन गर्ने अर्को विशेष प्रस्ताव पनि साधारण सभामा पेश गर्न तयारी गरेको छ । सभामा सिद्धार्थले आर्थिक वर्ष २०७३/७४ को वासलात, नाफा नोक्सान र लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम २०७४/७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने सम्बन्धमा छलफल गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
साधारण सभा गर्न सिद्धार्थले कात्तिक १५ देखि २९ गतेसम्म बुक क्लोज गर्नेछ ।
इन्स्योरेन्सको हाल चुक्ता पूँजी ५३ करोड ४५ लाख १७ हजार पाँच रुपैयाँ रहेको छ । २० प्रतिशतले हुन आउने १० करोड ६९ लाख तीन हजार पाँच रुपैयाँको बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैंया पुग्नेछ । उक्त पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैंया पुग्नेछ ।