Nepal Life Insurance

बैंकासुरेन्स निर्देशिका जारी गर्दे बीमा समिति

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार ०८:१२

Beema News

बीमा न्युज,
काठमाडौं । बीमा समितिले बैंकासुरेन्स निर्देशिका जारी गर्ने तयारी गरेको छ । बैंकासुरेन्सलाई नियमन गर्न निर्देशिका जारी गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

बैंक र बीमा कम्पनी बिचको सहकार्य नै बैंकासुरेन्स हो । अर्थात् बिमा कम्पनीसँग सम्झौता गरेका बैंकले पनि बीमाको काम गर्न पाउने प्रक्रिया नै बैंकासुरेन्स हो । बैंकासुरेन्स सम्झौता अनुसार बैंकले बीमा कम्पनीको योजनाहरु आफना सेवाग्राहीलाई जारी गर्न पाउँछन् । तर, बैंकले जोखिम भने बहन गर्दैनन् । यसरी बैंकले पनि बीमाको काम गर्दा बीमाको दायरा बढ्दै जाने भएकाले बैंकासुरेन्स निर्देशिका आवश्यक भएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताउनुभयो ।

बैंकासुरेन्सका लागि बैंकहरुले राष्ट्र बैंकसँग अनुमती लिनु पर्छ । विश्वमा धेरै पहिले देखि बैंकासुरेन्सको प्रयोग गरिए पनि नेपालमा भने राष्ट्र बैंकले यस सम्बन्धी कुनै पनि व्यवस्था गरेको छैन । तसर्थ यस बिषयमा केन्द्रिय बैंकसँग पनि छलफल भै रहेको समितिले जनाएको छ ।

समितिले चालु आवमा नै निर्देशिका जारी गर्ने योजना बनाएको छ । त्यसैले हाल निर्देशिकाको खाका तयार पार्न सल्लाह सुझाव संकलन गर्ने र छलफल गर्ने कार्य भै रहेको समितिले बताएको छ । तर, बैंकको लगानी भएको बीमा कम्पनीसँग सहकार्य गर्न पाउने वा नपाउने भन्ने बिषयमा दुईमत देखिएको समितिले जनाएको छ ।

 

विद्यमान ऐन अनुसार एक प्रतिशत भन्दा कम लगानी रहेको बैंक र बीमा कम्पनी तथा सरकारी लगानी रहेको बैंक र बीमा कम्पनी बिच बैंकासुरेन्स गर्न सकिनेछ । तर, अन्य अवस्थामा भने वित्तीय स्वास्थ्य बाझिन सक्ने सम्भावना देखिएकोले यसलाई बन्देज गरिएको छ । तर, बैंकासुरेन्स भनेको बीमा व्यवसाय प्रबद्र्धन गर्ने काम हो । बैंकले आफनो सम्पतिको नभई सेवाग्राहीको बीमा गर्ने भएकाले बैंक कै लगानी भएको बीमा कम्पनीसँग पनि सहकार्य गर्न पाउनु पर्ने सरोकारवालाहरुको तर्क रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....