Nepal Life Insurance

KNOW YOUR COMPANY : NLG INSURANCE COMPANY

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार १५:३४

सागर चन्द

बीमा न्युज
कार्तिक-८/काठमाडौँ ।
एनएलजी इन्स्योरेन्स कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको भगिनी कम्पनीको रुपमा स्थापीत कम्पनी हो । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट सन् २००५मा यो कम्पनी छुट्टै अस्तित्व रहने गरि स्थापित भएको हो । निर्जिवन बीमा क्षेत्रको अग्रणी कम्पनीको रुपमा यो कम्पनीले बीमा व्यवसाय प्रदान गर्दै आईरहेको छ ।

बीमाशुल्क र आम्दानी

कम्पनीले आर्थिक बर्ष ०७२/७३मा १ अर्ब २१ करोड ८७ लाख ९४ हजार ५ सय ३१ रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आव ०७२/७३मा अघिल्लो आव ०७१/७२को तुलनामा बीमाशुल्क संकलनमा २२.६४ प्रतिशतले बृद्धि भएको तथ्यांकले देखाएको छ । कम्पनीले आव ०७१/७२मा ९९ करोड ३८ लाख ६ हजार ३१ रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।
मोटर बीमाबाट सबैभन्दा धेरै बीमाशुल्क ५८ करोड ७२ लाख ५७ हजार ५ सय ४८ रुपैयाँ संकलन गरेको छ, भने सबैभन्दा थोरै बीमाशुल्क हवाई बीमाबाट २ करोड ६६ लाख ४ हजार ५ सय ९७ रुपैयाँ सकंलन गरेको छ । कम्पनीले आर्थिक बर्ष ०७३/७४को मंसिर मसान्त सम्म ५४ करोड २१ लख ३४ हजार २ सय ११ रुपैयाँ बीमाशुल्क संकलन गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कम्पनीले आव ०७२/७३मा३७ करोड ९१ लख ४५ हजार ५ सय ६७ रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले २१ करोड ७५ लाख २० हजार ४ सय १४ रुपैयाँ आम्दानी गरेको थियो ।
एनएलजी इन्स्योरेन्सले आव ०७२/७३मा ६२ करोड १६ लाख ८ सय ८२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । पुर्नबीमा कमिशनबाट कम्पनीले १३ करोड ७८ लाख ६७ हजार ८ सय ६३ रुपैयाँ आर्जन गरेको छ । समग्रमा कम्पनीले १ अर्ब ३६ करोड २० लाख १३ हजार ४ सय ५३ रुपैयाँ आर्जन गरेको छ ।
यसैगरि कम्पनीले आव ०७२/७३मा २९ करोड ५२ लाख ८९ हजार ७२ रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । कम्पनीले अभिकर्ता कमिशन, पुर्नबीमा कमिशन खर्च र व्यवस्थापन खर्च लगायतका विभिन्न शिर्षक अन्र्तगत समग्रमा कम्पनीले १ अर्ब ३ करोड ४४ लाख ६० हजार ८ सय ५३ रुपैयाँ खर्च गरेको छ ।
कम्पनीको विभिन्न वित्तिय संस्थाहरुमा १९ करोड ४४ लाख ८९ हजार ७ सय ३९ रुपैयाँ नगद मौज्दात रहेको छ ।

लगानी तथा पूँजी 

४० करोड ९८ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बीमा कोषमा ४६ करोड ६२ लाख ७४ हजार ८ सय २९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कम्पनीले २८ करोड ८८ लाख १७ हजार ३ सय २८ रुपैयाँ दिर्घकालिन लागनी गरेको छ । १ अर्ब ३३ करोड २७ लाख २७ हजार १ सय २७ रुपैयाँ अल्पकालिन लगानी गरेको छ । १९ करोड ४४ लाख ८९ हजार ७ सय ३९ रुपैयाँ नगद तथा बैंक मौज्दात रहेको छ ।

अन्य

विभिन्न ३० स्थानमा कार्यालय रहेको कम्पनीमा २ सय ६ जना कर्मचारी कार्यरत छन् । कम्पनीसंग अघिल्लो आर्थिक बर्षमा २ सय ४४ जना बीमा अभिकर्ता थिए भने आव ०७२/७३मा यो संख्या घटेर २ सय ९मा पुगेको छ ।
कम्पनीसंग १ लाख ९१ हजार ७ सय ५६ वटा चालु बीमालेख रहेका छन् । अघिल्लो बर्ष कम्पनीसंग १ लाख ४५ हजार ५४ वटा बीमालेख थिए । कम्पनीसं कायम बीमालेखको कुल बीमाकं रकम करिब ३ खर्ब हुन आउँछ । कुल बीमाकं रकम मध्ये कम्पनीले पुर्नबीमा कम्पनीलाई २ खर्ब ३९ अर्ब २५ करोड ४४ लाख ७३ हजार ६ सय ५५ रुपैयाँ जोखिम हस्तान्तरण गरेको छ । बांकी हुन आउने बीमाकं रकम ४० अर्ब ६६ करोड ६१ लख २३ हजार ३ सय ८४ रुपैयाँ जोखिम कम्पनी आफैले धारण गरेको छ ।
कम्पनीसंग सबैभन्दा धेरै मोटर बीमालेख १ लाख ५१ हजार १ सय ६८ बीमालेख रहेका छन् भने सबैभन्दा थोरै २ वटा हवाई बीमालेख रहेका छन् । कम्पनीले विभिन्न प्रकारका सामाजिक कार्यहरुमा पनि सहयोग गर्दै आएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....