बीमा न्युज,
कार्तिक ९, बाग्लुङ्ग । आइएमई लाइफ इन्स्योरेन्सको नयाँ शाखा संचालनमा आएको छ । बाग्लुङ्गमा संचालनमा आएको उक्त शाखा बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले बुधबार उद्घाटन गर्नु भएको हो ।
शाखा उद्घाटन कार्यक्रममा अध्यक्ष चापागाईले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिनुभयो ।
कम्पनीका अध्यक्ष डा. रामहरी अर्यालले कम्पनीले एक वर्षभित्र आईपीओ जारी गर्ने बताउनु भएको छ । आईपिओ जारी पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्ने बाग्लुङ्ग शाखा उद्घाटन समारोहमा उहाँले जानकारी दिनुभयो । कम्पनीले कार्यक्रममा बाग्लुङ्ग शाखाले सोही दिन २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।