बीमा न्युज
कार्तिक- १०/ काठमाडौँ ।
कर्पोरेट हाउसमा कार्यरत कर्मचारीको सबैभन्दा ठूलो समस्या तनाव हो । उच्च दबाव र हतारोमा काम गर्नुपर्ने भएकाले कर्पोरेट हाउसका कर्मचारीहरुले तनावको सामना गर्नुपर्ने हुन्छ । विभिन्न सर्वेक्षणका अनुसार तनावको समस्या तिव्र गतिमा फैलिदो छ ।
सामान्यत : तनावले शारीरिक, मानसिक र भावनात्मक तवरमा असहजता उत्पन्न हुनुलाई बुझिने गरिन्छ । तनाव परिस्थितिले सिर्जना गर्छ । तनाव परिस्थितिले सिर्जना गर्ने भए पनि त्यस परिस्थितिप्रतिको हाम्रो प्रतिक्रियाले त्यसको असर निर्धारण गर्छ । एउटै परिस्थितिले कसैलाई तनाव दिन सक्छ भने त्यहि परिस्थितिले कसैलाई तनाव नदिन पनि सक्छ । तनाव परिस्थितिले उत्पन्न गर्ने भएपनि यसको प्रभाव कस्तो रहने भन्ने परिस्थितिको सामना गर्ने व्यक्तिमा निर्भर रहन्छ ।
कार्यालयमा प्रशासनिक कारबाईको सामना गर्नु । सम्पत्ति नाश हुनु । परिवारको आकाक्षां अनुरुप आम्दानी गर्न नसक्नु । सहकर्मीसंग मित्रवत् सम्बन्ध नहुनु । ऋण तिर्न नसक्नु । परिवारमा कलह हुनु । कार्यालयमा हुने आन्तरिक तथा बाह्य प्रतिस्पर्धा र जनदबाब जस्ता कुराहरुले कर्मचारीले तनावको सामना गर्नुपर्ने हुन्छ । यस्ता कारणले कर्मचारीलाई मात्रै नभई सम्पूर्ण कार्यालयलाई नै नकारात्मक असर पुग्छ ।
निश्चय नै परिस्थिति सधैँ हामी अनुल हुदैन र परिस्थितिलाई आफु अनुकुल पनि बनाउ सक्दैनौ । तर जस्तोसुकै परिस्थितिमा पनि त्यसप्रतिको हाम्रो प्रतिक्रिया कस्तो दर्शाउने भन्ने कुरा हाम्रो हातमा हुन्छ । परिस्थितिको प्रतिक्रियामा नियन्त्रण गर्न सक्नु नै तनाव वव्यवस्थापन गर्ने उपयुक्त उपाए ठहरिन्छ ।
मानिस सदा आफुलाई अब्बल सावित गर्न चाहान्छ । उसको भित्रि चाहाना भनेको उसका साथि संगति दौतरी तथा समाजले उसलाई उ आफुलाई जसरी बुझ्ने गर्छ त्यसरी नै बुझोस भन्ने चाहान्छ । मानिस आफ्नो काममा सधै सफल हुन चाहान्छ । यहि सफल हुने चाहानाले उसमा जस्तो सुकै परिस्थितिमा पनि बाँच्न सक्ने क्षमता विकास भएको मानिन्छ । तर सधै परिस्थिति आफुअनुकुल नरहने भएकाले मानिस आफुलाई सदा असुरक्षित महसुस गरिरहन्छ ।
आजको आर्थिक असुरक्षा तनावको प्रमुख कारक तत्व बनेको छ । यति मात्रै होईन, परिवारको वातावरण तथा व्यवहार । कार्यस्थलको वातावरण र सहकर्मी तथा हाकिमको व्यवहार पनि तनावको कारण बन्ने गर्छ । शहरको कोलाहल, साघुँरो स्थानले मानिसमा एकप्रकारको वैचैनि पैदा गर्छ । यही वेचैनिबाट मुक्ती पाउन अत्याधिक कफि सेवन, धुम्रपान, मद्यपान जस्ता लतको शरणमा मान्छे पुग्छ ।
तनावका लक्षणहरु
जब मानिस तनावको चपेटामा पर्न थाल्छ त्यसपछि उसमा निन्द्रा नलाग्ने, लागिहाले पनि गहिरो निन्द्रा नपर्ने, अत्याधिक थकान महसुस हुने जस्ता लक्षण पहिलो चरणमा देखा पर्न थाल्छन् । खाना धेरै खाने वा कम खाने, काममा मन नलाग्ने, एक्लै टोलाइ रहने जस्ता समस्या देखा पर्छन् । झर्किने, पहिरनमा ध्यान नदिने, एकाग्र हुन नसक्ने अनावश्यक कुरामा चिन्ता लिने डराउने लक्षण देखा पर्न थाल्छन् ।
अघि नै भनियो तनाव परिस्थितिले पैदा गर्ने एक प्रकारको व्यत्तिगत असन्तुलन हो । यसको समधानका लागि विभिन्न उपायहरु छन् ।
- कार्यालय तथा घरमा आफुले नसक्ने, गाहे हुने र आफुलाई अनावश्यक बोझ हुने काम नगर्ने । यस्ता कामहरु आएमा प्रस्ट रुपमा नाई भन्ने ।
- कार्यालयमा काम विभाजन प्रस्ट रुपमा गर्ने ।
- सबै सहकर्मिसंग निरन्तर संञ्चार सम्र्पकमा रहने ।
- कार्यस्थलमा एकछिन विश्राम लिने । १० मिनेट वा १५ मिनेट आरामले बस्ने । संगित सुन्नुहोस । आफुलाई बिथोलिरहेको विषयबाट अन्यत्र ध्यान मोड्ने ।
- आफुलाई परेको समस्या वा अप्ठेरो व्यवस्थापकलाई खुलेर बताउने ।
- कार्यतालिका अनुसार काम गर्नुहोस । उच्च दबावमा काम नगर्ने ।
- आफुलने गर्न नसकेको वा असहज लाग्ने काममा सहयोग माग्नै पर्छ ।
- आक्रोश होइन संवाद र प्रेमले समस्या समधान हुन्छन् भन्ने कुरा जहिल्यै मनन गर्ने ।
- जीवनका सबैभन्दा रमाईला तथा उत्कृष्ट क्षणहरु याद गर्नुहोस । स्मरण रहोस : तिनमाथि विचार होइन तिनलाई फेरी एकपटक महसुस गर्नुहोस ।
- धुम्रपान र मद्यपान समस्याको समधान हुँदै होइन् । यो त तात्कालिक रुपमा समस्या बाट भाग्दै झन ठूलो समस्या सिर्जना गर्ने माध्यम हो ।
- प्रसस्तै पानी पिउने । पर्याप्त मात्रामा निदाउने । कम्तिमा ८ घण्टा ।
- पौडी, व्याडमान्टिन जस्ता हलुका खेल अभ्यासहरु गर्ने ।
- हाँस्य सिनेमा हेर्ने, मनपर्ने संगित सुन्ने ।
- परिवारलाई समय दिनुहोस । यदि परिवारमा बच्चा बच्चि छन भने उनिहरुसंग दैनिक केही समय विताउनुहोस ।
व्यवस्थापनले गर्नुपर्ने कार्यहरु
- कार्यालयमा सुरक्षित वातावरण सिर्जना गर्ने ।
- सबै कर्मचारीलाई समान व्यवहार गर्ने ।
- सबै कर्मचारीलाई कामप्रति उत्साहित बनाउँदै मानिसक रुपमा स्वतन्त्र बनाउने प्रयास गर्ने ।
- व्यवस्थापक उच्च तहको कर्मचारीले अन्य कर्मचारीसंग निरन्तर संवाद गर्ने ।
- बर्षमा एक वा दुई पकट कर्मचारीलाई बीदा बस्ने व्यवस्था मिलाउने ।
- कर्मचारीलाई आफ्ना समस्या राख्ने अवसर प्रदान गर्ने ।
- कर्मचारीबिच सहकार्यको वातावरण निर्माणमा जोड दिने ।
तनावको पहिलो कारण हामी स्वयंम हौ । महत्वकांक्षा कम गर्ने ।