बीमा न्युज,
काठमाडौं । नेपाली बीमा बजारमा नयाँ बीमा कम्पनीहरुको आगमनसंगै बीमा कभरेज र पेनिट्रेशन बढ्ने अनुमान गर्न थालिएको छ । बजार नयाँ १० जीवन बीमा कम्पनी र चार निर्जीवजन बीमा कम्पनी सबै संचालनमा आउने भएपछि बीमाको कभरेज र पेनिट्रेशन बढ्ने अनुमान गरिएको हो । नयाँ बीमा कम्पनीहरु संचालनमा आएसंगै नेपाली बीमा बजारको कभरेज र पेनिट्रेशनमा पनि बृद्धि हुने बीमा समितिको अध्यक्ष चिरनजिवी चापागाँईको दाबी छ ।
मध्ये कुनै संचालनमा आइसकेको छ भने कुनै संचालनको प्रकृयामा रहेका छन् । नेपालमा नयाँ संचालनमा आएको बाहेक २६ बीमा कम्पनीहरु छन् । ति बीमा कम्पनीहरुवाट अघिल्लो वर्ष १३ अर्बको निर्जीवन र करिब ३२ अर्बको जीवन बीमाको गरेर करिव ४७ अर्ब प्रिमियम संकलन गरेको बीमा कम्पनीहरुले यो वर्ष भने १८ अर्बको निर्जीवन र ३५ अर्बको जीवन गरेर ५३ अर्बको बीमा बजार रहेको समितिको तथ्यांक छ ।
ग्रोथ रेट भने निर्जीवन तर्फ करिब २८ प्रतिशतले बढेको छ । जीवन बीमा तर्फ २२÷२३ प्रतिशतले बढेको छ । ७÷८ प्रतिशतको कभरेज र पेनिट्रेसनमा २ प्रतिशत मात्रै योगदान छ । ग्रोथ रेट राम्रो देखिए पनि समग्र इन्स्योरेन्स सेक्टरको कभरेज र पेनिट्रेसन भने सन्तोष गर्न लायक नभएको समितिको अध्यक्ष चापागाँई स्वीर्कानु हुन्छ ।
अर्बौको क्षति दाबी भने न्युन,
विगतको भुकम्पले होस् वा बाढि पहिरोले । त्यसले नेपालीलाई अर्बौैको नोक्सानी पु¥याएको छ । राष्ट्रिय योजना आयोगका अनुसार तराई डुवानले मात्रै करिब ३५ अर्बको आर्थिक क्षति भएको प्ररारम्भिक तथ्यांक छ । तर बीमा बापत दाबी भने करिव साव दुई अर्ब मात्रै भएको छ । त्यत्रो अर्बौको क्षतिहुदाँ दाबी भने एकदमै न्युन देखिएको छ । किन यस्तो भयो त ?
बीमा विज्ञहरुका अनुसार बीमा योजना कम मात्रमा खरिद भएकोले कमै दाबी भएको निष्कर्ष छ । बीमा समिति र बीमा कम्पनीहरुले बीमा सचेतनाका कार्यक्रमहरु पनि प्रभाबकारी रुपले संचालन नगरेको र शहर केन्द्रित भएको आरोप पनि छ । त्यस बाहेक नीतिगत कमजोरीका कारण पनि क्षतिको दाबी गर्न नसकिएको पनि उनीहरुको दाबी रहेको छ । भूकम्प जस्तै बाढी, पहिरो, ढुवान, आँधीबेरी, हुलदंगाबाट हुने क्षतिको बीमा ‘अग्नी बीमा’ समूहमा पर्छ । तर सामान्यतय अग्नी बीमा लेखमा आगलागी, चट्याङ र भूकम्प मात्र कभर गरिएको हुन्छ । ग्राहकको चाहाना र मन्जुरीमा थप प्रिमियम तिरेर बाढी, पहिरो, ढुवान, आँधीबेरी, हुलदंगा लगायतको बीमा अग्नी बीमा समूह अन्र्तगत समेट्न सकिन्छ ।
अग्नि बीमा गरेका तर बाढी, पहिरो र डुबानको बीमा बीमालेखको अतिरिक्त प्रिमियम नतिरेका बीमितहरु बीमा दावी गर्नबाटै बञ्चित भएको बीमा कम्पनीहरुको बुझाई छ । बाढी र डुबानलाई बीमा लेखको अतिरिक्त (ऐच्छिक समूह) मा राख्ने नीतिगत कमजोरीका कारण बीमितहरु मर्कामा परेको सरोकारवालाहरुको भनाई छ ।