Nepal Life Insurance

नेप्सेसंगै बीमा समुहमा पनि ५८.५९ अंकको गिरावट

प्रकाशित मिति: १२ कार्तिक २०७४, आईतवार १६:१३

Beema News

बीमा न्युज,
कार्तिक १२, काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्सेसंगै बीमा समुहमा पनि गिरावट आएको छ । आज नेप्सेमा कुनै पनि समुहमा सकारात्मक परिवर्तन नहुदाँ नेप्सेमा गिरावट आएको हो ।

 

आइतबार बीमा समुह ५८ दशमलब ५९ अंकले घटेर शुन्य दशमलब ६९ प्रतिशत अंकले परिवर्तन भएको छ । बीमा समुहको परिसुचक भने आठ हजार चार सय ५९ दशमलब ६४ विन्दुमा भरेको हो । बीमा समुहको कारोबार छ करोड १४ लाख १७ हजार आठ सय रुपैयाँ भएको छ ।

 

आइतबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा चार बीमा कम्पनीहरु रहेका छन् । चार करोड बराबरको कारोबार भएर गुरासँ लाइको प्रमोटर शेयर सुचिको दोस्रो स्थान रहेका छन । एक करोड ६६ लाख बराबरको कारोबार भएर शिखर लाइफ इन्स्योरेन्सको प्रमोटर शेयर तेस्रो स्थानमा रहेको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर पनि दुई करोड १७ लाख बराबरको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको पनि एक करोड ४३ लाख बराबरको कारोबार भएको छ ।

 

कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै शिर्ष स्थानमा पर्न सफल भएका छन् । जसको एक सय ३७ पटक कारोबार भएको छ । आइतबार धेरै कमाउने नेपाल लाइफ इन्स्योरेन्स छ भने गुमाउनेमा कुनै राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर परेका छन् ।

 

आइतबार नेप्सेमा १३ दशमलब ४९ अंकको गिरावट आउदाँ १५ सय ४० दशलमब २३ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५८ कम्पनीका १३ लाख ८१ हजार दुई सय ४८ कित्ता शेयरहरु चार हजार एक सय ३४ वटा कारोबारबाट ५० करोड १४ लाख २६ हजार एक सय २१ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....