बीमा न्युज,
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र तिनाउ विकास बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । सूर्या लाईफका तर्फवाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र तिनाउ बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार श्रेष्ठले संयूक्त रुपमा हस्ताक्षर गरेको हो ।
जीवन बिमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्धेश्यले दुवै संस्थाबीच बैकासुरेन्स सम्बन्धि सम्झौता भएको सुर्या लाइफले जनाइएको छ ।
अब तिनाउ विकास बैंकका कुनैपनि शाखा कार्यालयहरुबाट बैंकासुरेन्स मार्फत सुर्या लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्न सकिन्छ ।
बैंकासुरेन्स के हो ?
बीमा व्यवसायको क्षेत्र विस्तार हुदै जाने क्रममा बैक तथा बीमा कम्पनीहरु सहकार्यमा बैंकमै बीमा गर्न सकिने सुबिधा नै बैंकासुरेन्स हो । विश्व बजारमा बैंकासुरेन्स धेरै पहिले नै प्रचलनमा आएको भए पनि नेपालमा भने भर्खरै सुरुवात भएको छ । बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै बीमा सम्बन्धी सेवा उपलब्ध गराउने भएकाले बीमा व्यवसायको विस्तारमा बैकासुरेन्सले थप योगदान दिने बीमा कम्पनीहरुको विश्वास रहेको छ ।
यो पनि पढ्नुहोस्…