Nepal Life Insurance

गुराँस लाइफको नयाँ बीमा योजना सार्वजानिक, बोनश रकम सहित छ प्रतिशत पेन्सनको सुविधा

प्रकाशित मिति: १४ कार्तिक २०७४, मंगलवार २०:३१

Beema News

बीमा न्युज,
कार्तिक १४, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ बीमा योजना “गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना” राष्ट्रिय स्तरको उत्कृष्ट अभिकर्ता तथा अभिकर्ता संयोजक भेलामा सार्वजानिक गरिएको हो ।

 

यस योजनाको मुख्य विशेषता बीमितको सुरक्षित भविष्यको लागि बीमा भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष बीमाङ्कको छ प्रतिशत रकम पेन्सनको रुपमा बीमितलाई भुक्तानी दिइने रहेको छ । २५ वर्षको उमेरको व्यक्तिको २० वर्षे अवधिको लागि यस योजनामा एक करोडको बीमा गरेमा ४५ वर्षको उमेर पुग्दा बोनस स्वरुप लगभग एक करोड रुपैंया पाइनेछ । त्यसपश्चात प्रत्येक वर्ष छ लाखको दरले प्रत्येक वर्ष दिइने र बीमितको मृत्यु भएमा पुनः  एक करोड (बीमाङ्क रकम) इच्छाएको व्यक्तिलाई दिइने व्यवास्था छ ।

 

हालसम्म प्रचलनमा रहेका बीमा योजनाहरुभन्दा भिन्न रहेको र यस बीमा योजनामा बीमा शुल्क भुक्तानी अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा सोही मितिमा नियमानुसारको बोनस रकम भुक्तानी दिइने कम्पनीका नायब महाप्रबन्धक नारायण कुमार भट्टराईल बताउनुभयो । त्यसपछि प्रत्येक वर्ष छ प्रतिशत पेन्सनको रुपमा बीमितको उमेर ९९ वर्ष पुगेसम्म दिइने उहाले जानकारी दिनुभयो ।

 

कम्पनीका अण्डरराइटिङ्ग विभाग प्रमुख सरोज बि.सि.ले बीमितको सुविधालाई ध्यानमा राखि अन्य बीमा योजनामा झैं ऐच्छिक सुविधा स्वरुप दोहोरो दुर्घटना लाभ, बीमाशुल्क छुट सुविधा र मासिक आय सुविधाको व्यवस्था समेत गरिएको बताउनुभयो ।

 

नयाँ बीमा योजनाको प्रमुख अतिथि दीपक नेपाल तथा संचालक समितिका सदस्यहरू अपछ कुमार यादव, शिव बहादुर श्रेष्ठ, मेघ राज पौडेल, शम्भु प्रसाद सुवेदीेले संयुक्त रुपमा सार्वजानिक गर्नुभएको हो ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....