बीमा न्युज,
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।
मुल्य समायोजन पछिको मूल्य नेप्सेले १ हजार २ सय रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ हजार २ सय ९५ रुपैयाँ दिएको छ ।
कम्पनीको हाल चुक्ता पूँजी ५३ करोड ४५ लाख १७ हजार पाँच रुपैयाँ रहेको छ । २० प्रतिशतले हुन आउने १० करोड ६९ लाख तीन हजार पाँच रुपैयाँको बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैंया पुग्नेछ । उक्त पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैंया पुग्नेछ ।