Nepal Life Insurance

विश्वभर साइबर बीमाको बढ्दो प्रयोग, अझै पुगेन नेपालमा साइबर बीमा

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार १३:११

सागर चन्द

सागर चन्द ।
कार्तिक-१५, काठमाडौँ ।
साइबर सुरक्षा ठूलो चुनौतिको रुपमा देखा पर्दै गएको छ । प्रविधिको उच्च प्रयोगसंगै साइबर सुरक्षाको जोखिम पनि उच्च भएको छ । प्रविधिको प्रयोगले काम गर्न सहज भएपनि साइबर आक्रमणको जोखिम पनि बढेको छ । जोखिम बढेसंगै साइबर बीमाको प्रचलनमा पनि सुरुवात भएको छ । साइबर बीमाले विभिन्न व्यवसायीक तथा व्यत्तिगत प्रयोजनका सफ्टवेर तथा इन्टरनेट सामाग्रीको बीमा गर्दछ । इम्ब्रोकर अनलाईनका अनुसार ८० प्रतिशत भन्दा धेरै व्यवसायीक प्रयोजनको सफ्टवेरहरु ह्याक हुने गर्छन् । यी मध्ये धेरैजसोलाई आफु ह्याक भएको पनि पत्तो हुँदैन् । यति हुँदा हुँदै पनि धेरैजसो व्यवसायले अझै पनि साईबर सुरक्षाको महसुस गरेको पाईदैन् ।

साइबर आक्रमणको निशानामा निशानामा विभिन्न व्यत्ति तथा ठूला व्यापारीक संस्थान, वित्तिय क्षेत्र, तथा सरकारी निकायहरु पर्न थालेका छन् । प्रविधिको उच्च विकासले गर्दा साइबर आक्रमण रोक्न अब लगभग मुस्किल देखिन्छ । तर साइबर आक्रमणले हुने क्षति भने कम गर्न सकिन्छ । साइबर अपराधको उच्च जोखिममा सर्वसाधारणको डाटा प्रयोग गर्ने कम्पनीहरु रहने गर्छन् । जस्तो वित्तय क्षेत्र, टेलिकम, स्वास्थ्य संस्था, विश्वविद्यालय लगायतका क्षेत्रहरु । साइबर आक्रमणको जोखिम बढेसंगै त्यसले पर्ने आर्थिक नोक्सानी कम गर्ने एक उत्कृष्ट उपायको रुपमा साईबर बीमा सुरुवता गरिएको हो । अमेरिकी अनलाई समचार संस्था सिबिएस न्युजका अनुसार अमेरीकामा बार्षिक करिब ३.२५ अर्ब बीमाकं रकम बराबरको बीमा साईबर बीमा आवश्यक देखिन्छ । अमेरिकी बीमा सूचना संस्थानका अनुसार सन् २०१५मा साइबर बीमा अन्र्तगत १.५ अर्ब अमेरिकी डलर प्रिमियम संकलन भएको थियो । अमेरिकामा औसत बार्षिक ७ अर्ब अमेरिकी डलर बराबरको नोक्सान साईबर आक्रमणबाट हुने गर्छ । अमेरिका साइबर बीमाबाट सबैभन्दा धेरै बीमाशूल्क संकलन गर्ने देश हो । जर्मन बीमा कम्पनी म्युनिख रे को एक सर्वेक्षण अनुसार जर्मनको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कुनै न कुनै माध्यमबाट साइबर आक्रमणको शिकार हुने गर्छ ।
धेरैजसो साइबर आक्रमणमा महत्वपूर्ण तथ्याकं र सूचनाहरु चोरी गर्ने गरिन्छ । साइबर बीमाले व्यवसाय तथा व्यत्तिगत उपयोगकर्तालाई इन्टरनेटमा आधारित जोखिमबाट जोगाउछ । यो बीमाले मूख्य गरि तथ्याकं, सूचना विनाश, ह्याकिगंको माध्यमबाट हुने रकम असुली, चोरी जस्ता जोखिमहरुको कभरेज गरिन्छ ।
अझै पनि विश्व बीमा बजारमा साइबर इन्स्योरेन्स सूरुवाती चरणमा नै रहेको छ । त्यसकारण पनि साइबर आक्रमणको जोखिमको सम्पूर्ण प्रभावको आंकलन तथा मूल्याकंन गर्नु सहज छैन् । साइबर बीमाले प्रदान गर्ने सुरक्षाको दायराभन्दा माथि साइबर हमला हुँदै आएका छन् । कतिपय बीमा कम्पनीले साइबर बीमाको लागि अन्डरराईटिगं मापदण्ड पनि तयार गर्ने तयारी थालेका छन् ।
ईन्टरनेट आक्रमणबाट बर्षेनि विश्वभर खर्बौँ डलर रकम नोक्सान हुने गरेको छ । कुनै पनि कम्प्नीको सम्पूर्ण सूचना तथा डाटा राखिएको सफ्टवेर आन्तरीक तथा बाह्य कारणले ह्याक भएमा कम्पनीको सम्पूर्ण लगानी र मेहनत खेर जान्छ । त्यसकारण साइबर बीमा आवश्यक मानिन्छ । तर साइबर बीमाले कभर गर्ने दायराहरु अझै पनि कम भएको बताईन्छ ।
साइबर बीमाको अवधारण १९९०को अन्ततिर आएको हो । सुरुवाती चरणमा साइबर बीमा अनलाईन कारोबार गर्ने कम्पनीहरुले प्रयोग गर्ने गरेका थिए । अमेरिकामा सन् २००१ मा भएको आतंककारी हमालापछि साइबर बीमाको प्रयोग पनि तिव्र रुपमा भएको बताईन्छ । ९/११को आक्रमणमा एअरलाईन्स कम्पनीका महत्वपूर्ण सूचना तथा डाटाहरु चोरी गरिएको अनुमान गरिदै आएको छ ।
अमेरिकाले सन् २००२मा गरेको सर्वेक्षण अनुसार साईबर बीमाको बजार सन् २००५ सम्म २.५ अर्ब अमेरिकी डलर हुने अनुमान गरेको थियो । तर अनुमानका विपरित सन् २००५ सम्म आईपुग्दा साईबर बीमाको बजार १२.५ अर्ब अमेरिकी डलर पुगेको थियो ।
अझै पनि साईबर बीमालाई व्यवहारीक रुपमा निकै कठिन बीमा पोलिसीका रुपमा लिने गरिन्छ । बीमाशुल्क गणनाको लागि विश्वसनिय एक्चुअरी, बीमाकींय तथ्याकंको कमी । बीमा गराउन खोज्ने संस्थाले आफ्नो आईटी विभागलाई विभिन्न सुरक्षात्मक हमलाको चरण पार गराउनुपर्ने भएकाले पनि यो बीमा आवश्यक भईकन पनि प्रभावकारी हुन नसकेको गुनासो गरिन्छ ।

विदेशमा साइबर क्राइमको बीमा गरिन्छ, तर नेपालमा भने साइबर क्राइम बीमा पोलिसी अहिले सम्म लागु भएको छैन । साइबर क्राइम जोखिमको बीमा गर्न भारतीय बीमा कम्पनीहरुले नेपाली बैंकहरुलाई प्रस्ताव गरेको भएपनि नेपालको बीमा नीतिसँग मेल नखाएपछि भारतीय बीमा कम्पनीहरुको प्रस्ताव बैंकहरुले स्वीकार गर्न नसकेको पाइन्छ ।

साईबर आक्रमणले तपाईको व्यवसायमा गरेको लगानी जोखिममा पर्छ । साइबर बीमाले प्रविधिसंग संम्बन्धित तपाईका डाटा ह्याक भएमा वा तिनको दुरुपयोग, भएमा चोरी भएमा वा तिनमा कुनै प्रकारको इन्टरनेट गतिविधिबाट क्षति पुगेमा त्यसको आर्थिक रक्षावरण गर्छ । साइबर बीमालाई जनरल लायवलिटी बीमा भन्दा पृथक बीमा मानिन्छ । साइबर बीमाले बीमा गराईएको डाटा वा सूचना चोरी भएमा वा त्यसमाथि कुनै अनाधिकृत प्रयोगकर्ता देखिएमा त्यसको जानकारी बीमितलाई गराउँछ । साइबर बीमाले कम्प्युटराइज्ड डाटा वा सूचनालाई लाई पुर्न स्थापित गर्न पनि सहयोग गर्छ । र नोक्सान पुगेको कम्प्युटर सिस्टमलाई पुन निर्माण गर्न मद्धत गर्छ । यसमा डाटा सुरक्षा सम्झौता, ग्राहक परिचय पुर्नस्थापना तथा सुरक्षा जस्ता विषयमा बीमा गर्न सकिन्छ । यसलाई साइबर लायबलिटि इन्स्योरेन्स कभरेज (सिएलआईसी) पनि भनिन्छ । अमेरिकाका एक तिहाई कम्पनीले साइबर बीमा गर्ने गरेको बताईन्छ । यो बीमाले साइबर आक्रमण वा क्षतिबाट पुगेको व्यवसायीक नोक्सानीको पनि क्षति पुर्ति प्रदान गर्छ ।
साइबर बीमाको लागत तथा प्रिमियम बीमा गराउने कम्पनीको प्रकार र उसले प्रदान गर्ने सेवा तथा उसको लगानीमा निर्भर रहन्छ । उत्त कम्पनीको डाटा जोखिम तथा अन्य प्रयोगकर्ताको संख्याको आधारमा पनि बीमा प्रिमियम निर्धारण गारिन्छ ।
अमेरिकी समचार संस्था सिआईओ का अनुसार अमेरिकामा न्युनतम ८ सय डलर मासिक बीमाशुल्क तिरेर साइबर बीमा गर्न सकिन्छ । अमेरिकामा मात्रै विभिन्न १० प्रकारका साइबर बीमा पोलिसी छन् । अमेरिकामा बार्षिक २.५ देखि ३ अर्ब प्रिमियम साइबर बीमाबाट संकलन हुने गर्छ ।
पाईरटेड/चोरिको वा अनाधिकृत सफ्टवेर प्रयोग कर्ताले साइबर बीमा पोलिसी खरिद गर्न पाउँदैनन् । बीमा कम्पनीको मापदण्ड भन्दा कमजोर सफ्टवेर प्रयोगकर्ताले पनि साइबर बीमा पोलिसी खरिद गर्न पाउँदैनन् ।
साइबर बीमा पोलिसी अझैपनि सफ्टवेरमाथि हुने बाहिरी आक्रमणमा केन्द्रित छैनन् । प्राय बीमा पोलिसीहरु आन्तरिक खराबी वा मानविय त्रुटिमा केन्द्रीत रहेर गर्ने गरिन्छन् । यसका वावजुद पनि साइबर बीमा पोलिसीले ५० लाख डलरदेखी ५ करोड अमेरिकी डलसम्मको कभरेज गर्ने गर्छ । अमेरिकामा सन् २०१६मा साईबर इन्सयोरेन्स प्रिमियम संकलन पनि ३५ प्रतिशतले बृद्धि भएको बताईन्छ । पिडब्लुसी ग्लोबलका अनुसार यो दशकको अन्तसम्म साइबर बीमाले विश्व बीमा बजारको करिब २ प्रतिशत हिस्सा ओगट्ने छ । विश्वभरमा १ सय ३० भन्दा धेरै बीमा कम्पनीसंग आफ्नै साइबर बीमा पोलिसी सार्वजनीक गरिसकेका छन् । सन् २०२२ सम्ममा विश्वव्यापी रुपमा साईबर इन्सयोरेन्स बजार करिब १४ अर्ब अमेरिकी डलरको हुने आंकलन गरिएको छ । एलाईड मार्केट रिसर्चका अनुसार विश्वभरमा साईबर बीमाको बृद्धिदर बार्षिक औसत २८ प्रतिशत रहेको छ । २०१६मा साइबर आक्रमणबाट विश्वभर ३ खर्ब अमेरिकी डलर नोक्सान भएको थियो ।
विश्वभरमा साइबर बीमाका लागि अमेरिकन इन्टरनेशनल ग्रुप, चुब्ब, ज्युरिच इन्स्योरेन्स, एक्सएल ग्रुप, ब्रेकसाईर ह्याथवे, एलियान्ज ग्लोबल, म्युनिख रे ग्रुप प्रमुख मानिन्छन् । यी कम्पनीहरुले विश्वभरमा साइबर बीमा सेवा प्रदान गर्ने गर्छन् ।
विभिन्न भारतीय बीमा कम्पनीले पनि साइबर बीमाको सुरुवता गरिसकेका छन् । भारतमा ७२ प्रतिशत भन्दा धेरै कम्पनी हरु साइबर आक्रमणको जोखिममा रहेको बताईन्छ । सन् २०१६को पहिलो १० महिनामा ३९ हजार साइबर आक्रमणका घटनाहरु प्रहरी समक्ष आईपुगेका थिए । भारतमा पहिलोपटक मार्स इन्स्योरेन्स ब्रोकरर्स प्राइभेट लिमिटेडले संञ्चालन गरेको हो । यो कम्पनीले भारतमा ५ लाख अमेरिकी डलर देखी १० लाख अमेरिकी डलरसम्मका साइबर बीमा पोलिसी बेच्दै आएको छ ।


यो पनि पढ्नुहोस :

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....