Nepal Life Insurance

नेप्सेमा निरन्तर गिरावट, बीमा समुहमा पनि ४९.७ अंकले घट्यो

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार १५:२२

Beema News

बीमा न्युज,
कार्तिक १५, काठमाडौ । बुधबार नेप्सेसंगै बीमा समुहमा पनि गिरावट आएको छ । नेप्सेमा उत्पादन तथा प्रशोधन र अन्य समुह बाहेक सबैमा गिरावट देखिएको हो ।

बुधबार बीमा समुह ४९ दशमलब सात अंकले घटेर शुन्य दशमलब ५९ प्रतिशत अंकले परिवर्तन भएको छ । बीमा समुहको परिसुचक भने आठ हजार तीन सय ८२ दशमलब २१ विन्दुमा झरेको छ । बीमा समुहको कारोबार नौं करोड २७ लाख ४१ हजार चार रुपैयाँ भएको छ ।

 

बुधबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा दुई बीमा कम्पनीहरु रहेका छन् । तीन करोड १० लाख बराबरको कारोबार भएर राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर सुचिको पहिलो स्थानमा रहका छन् । राष्ट्रिय बीमा कम्पनीकै साधारण शेयर पनि एक करोड ७९ लाख बराबरको कारोबार भएर सुचिको तेस्रो स्थानमा रहन सफल भएको छ । यस्तै शिखर इन्स्योरेन्सको ८६ लाख ६६ हजार बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएका छन् ।

 

कारोबार संख्याको आधारमा नेपाल लाइफको मात्रै एक सय २७ पटक कारोबार भएको छ । बुधबार धेरै कमाउने राष्ट्रिय बीमा कम्पनीको साधारण शेयर र प्रमोटर शेयर सहित गुराँस लाइफ पनि रहेका छने । गुमाउनेमा प्रुडेसियल र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् ।

 

बुधबार नेप्सेमा सात दशमलब ०२ अंकको गिरावट आउदाँ १५ सय २६ दशलमब ५१ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५९ कम्पनीका १० लाख ३१ हजार आठ सय ३२ कित्ता शेयरहरु पाँच हजार चार सय ५६ वटा कारोबारबाट ४२ करोड २६ लाख ४४ हजार दुई सय ४४ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....