बीमा न्युज,
कार्तिक १६, काठमाडौं । बीमा समितिले उत्पादनमा आधारित तरकारी बीमालेख जारी गरेको छ । समितिले विभिन्न ४९ प्रकारका उत्पादन मुलक तरकारी बीमालेख जारी गरेको हो ।
लागतमा आधारित भन्दा उत्पादनमा आधारित तरकारी बीमालेखको माग भएकोले किसानहरुको मागलाई संबोधन गर्न यस्तो बीमालेख जारी गरेको बीमा समितिका उप निर्देशक कुन्दन सापकोटले बताउनुभयो । यस्ता बीमालेखले कृषिको व्यवसायिकरणमा समेत थप टेवा पुग्ने उहाँको भनाई छ ।
समितिले यस अघि उत्पादनमा नै आधारित माछा, चैते धान र बिजवृद्धि बीमालेख जारी गरिसकेको छ । अन्य बीमालेख भने लागतमा आधारित रहेका छन् । उत्पादन हुने खेतीको आधारमा बिमा गर्दा कृषकहरू बढी लाभान्वित हुने भएपछि समितिले उत्पादनमा आधारित बीमालेख जारी गर्ने तयारी गरेको हो ।
यस्तै समितिले उत्पादनमा नै आधारित मसला बाली अदुवा र बेसार बीमालेख पनि जारी गरेको छ । तरकारी उत्पादनको आधारमा गरिने बीमा नै उत्पादनमा आधारित बीमा हो ।
यो पनि पढ्नुहोस्…