Nepal Life Insurance

बीमा समितिको निर्देशन अनुरुप चुक्तापूँजी पुर्याउनेमा, हिमालयन जनरल पहिलो

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार १२:३३

Beema News

बीमा न्युज,
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आफ्नो चुक्तापूँजी बीमा समितिले तोके अनुरुप पुर्याएको छ । कम्पनीले बीमा समतिले तोकेको भन्दा दुई करोड बढि अर्थात एक अर्व २ करोड चुक्तापूँजी पुर्याएको हो । यसरी चुक्तापूँजी अर्ब पुर्याउनेमा हिमालयन जनरल इन्स्योरन्स पहिलो रहेको कम्पनीले दाबी गरेको छ ।

 

समितिले आगामी असार मसान्त भित्र निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब र जीवन बीमा कम्पनीहरुले दुई अर्ब पुर्याउनु पर्ने निर्देशन दिएको थियो । कम्पनीले बीमा समितिको निर्देशन अनुसार समयमै पुँजी कायम गरेको हो ।

 

कम्पनीले गत आर्थिक वर्षमा एक अर्व ३० करोडको प्रिमियम संकलन गरेको छ भने निकट भविष्यमा आफ्नो शाखा संञ्जाललाई धनगडी, नेपालगञ्ज र सुर्खेतमा समेत विस्तार गर्ने कम्पनीले जनाएको छ ।

 

हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत देश भर सेवाप्रदान गर्दै आइराखेको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....