Nepal Life Insurance

अन्न बीउबाली बीमा गर्ने प्रकृया

प्रकाशित मिति: १९ कार्तिक २०७४, आईतवार १२:५८

Beema News

बीमा न्युज,
काठमाडौं । नेपालको कृषि क्षेत्रलाई व्यवसायिकरण बनाउन गुणस्तरीय बीउको प्रयोग अनिवार्य भैसकेको छ । जब सम्म बीउबीजन राम्रो हुदैन तब सम्म किसानले जतिनै परिश्रम गरेपनि उत्पादन सोचे अनुरुप हुदैन । त्यसैले अहिले बीउको लागि भनेर अलगै खेति गर्न पनि थालिएको छ ।

बीउवाली लागि खेती गरिएको बालीलाई सुरक्षणका लागि तयार पारिएको बीमालेखलाई अन्न बीउबाली बीमा भनिन्छ । यस बीमालेखमा अन्र्तगत किसानहरुले बीउ उत्पादनको लागि लगाएका अन्नबालीहरुको जोखिमका लागि गरिने आर्थिक सुरक्षा प्रदान गर्दछ । अन्नबीउ बाली धनीहरु बालीको नाश तथा क्षति भएमा उत्पादन मूल्य अनुसारको क्षतिपूर्ति रकम सम्बन्धित पक्षलाई भुक्तानी गर्दछ ।

 

बीमालेखले ओगट्ने जोखिमहरू :
अन्न बीउ वाली उत्पादनको बीमा अवधि भित्र हानी–नोक्सानी भएमा उत्पादन मूल्य अनुसारको वास्तविक क्षतिको ९० प्रतिशत सम्म रकम बीमितलाई भुक्तानी गर्नेछ । यस्तै आगलागी, चट्याङ, भूकम्प, बाढी÷डुवान÷खडेरी, पहिरो/भू–स्खलन, आँधीबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक/दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हुने हानि–नोक्सानीमा बीमितले क्षतिपूर्ति बराबरको दाबी रकम बीमकले व्योर्होछ् ।

बीमालेखले नसमेटिने जोखिमहरु
बीमकले अन्न बीउ वाली उत्पादनको धनी वा परिवारका सदस्यको लापरवाहीले क्षति भएमा, कानुनी निकायको आदेशमा बीमा गरिएको अन्न बीउ वालीलाई नष्ट गर्नुपर्ने भएमा, अन्न बीउ वाली चोरी भएमा, बीमितले आफ्नो जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा, अन्न बीउ वाली उत्पादन गर्दा नेपाल सरकार द्वारा तोकिएका नियम, नीति, निर्देशन, कार्यविधी तथा यस बीमालेखको सर्तमा तोकिए बमोजिम निश्चित प्रक्रिया पुरा नगरेको अवस्था दाबी गर्न पाइने छैन् ।

अन्न बीउ वाली उत्पादनको धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा विवरण उल्लेख गरेमा पनि बीमक दाबी प्रति उत्तरदायी हुने छैन । बीउको बंशाणुगत कारणबाट क्षति भएमा बीमांक रकम प्राप्त गर्नेछैन् ।

 

शर्तहरु
बीमालेखमा जारी गरेको शर्तहरु बीमितले अनिवार्य पालना गर्नुपर्दछ, अन्यथा बीमा करार रद्ध पनि हुनपनि सक्छ् । बीउ उत्पादनको लागि प्रयोग गरिने बीउको श्रोत नेपाल सरकारबाट स्वीकृत प्राप्त सरकारी, अर्धसरकारी निकाय वा निजी क्षेत्रको हुनुपर्नेछ । बीउ उत्पादन गरिने बालीको जात राष्ट्रिय बीउ बीजन समितिबाट उन्मोचन÷रजिष्ट्रेशनपंजिकृत)÷दर्ता भई नेपाल सरकारबाट क्षेत्रगत सिफारिस गरिएको जात हुनुपर्नेछ । वालीहरुको वीज वृद्घि गर्दा कुन स्तरको अन्न बीउ वाली उत्पादन गर्नको लागि वीज वृद्धि गरिएको बीउ स्तर खुल्नुपर्नेछ ।

अन्न बीउ वाली उत्पादन गर्दा झारपातको उचित व्यवस्थापन भएको हुनुपर्ने र जमिनको तयारी समेत उचित किसिमले भएको हुनुपर्ने छ । बीउ परिक्षण नेपाल सरकारको प्रयोगशाला वा नेपाल सरकारबाट स्वीकृति प्राप्त प्रयोगशालामा भएको हुनुपर्ने छ ।

दाबी प्रकृया
बीमितको बीउबाली नाश भएमा बीउ उत्पादक कृषक तथा बीउ खरिद÷बिक्री कर्ता बीच संझौता भएको अवस्थामा संझौता पत्रको प्रतिलिपी, अन्न बीउ वाली उत्पादनको बीमा गरिएको बीमालेखको अनुसूचीको प्रतिलिपी सम्बन्धित जिल्लाको गा.वि.स./वडा/न.पा. तथा जिल्ला कृषि बिकास कार्यालयलाई बुझाउनुपर्नेछ । अन्न बीउ उत्पादन बालीमा कुनै रोग/किरा/झारपात वा सबै लागेमा अन्न बीउ वाली उत्पादन धनीले तत्काल आफ्नै खर्चमा उचित रेखदेख गर्नु पर्दछ । अन्न बीउ वाली उत्पादन धनीले बालीको क्षति/हानी–नोक्सानी भएमा ३ दिन भित्र लिखित वा अन्य संचार माध्यमबाट स्वयम् वा सदस्य संस्था मार्पmत बीमकलाई जानकारी दिनु पर्नेछ ।

बीमाङ्क रकम कायम गर्ने तरिका
एक हेक्टरमा उब्जनी हुने परिमाण र प्रति टनको वास्तविक मूल्य राष्ट्रिय बीउ बिजन कम्पनीले तोकेको अघिल्लो बर्षको बीउको मूल्यलाई जनाउँछ । राष्ट्रिय बीउ बिजन कम्पनीले नतोकेको बीउको मूल्यको हकमा नेपाल कृषि अनुशन्धान परिषदले तोकेको बीउको मूल्यलाई आधार मानिनेछ । बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशत दरले लाग्नेछ । सदस्य संस्था मार्फत बीमा भएमा कुल बीमाशुल्कमा पन्ध्र प्रतिशत छुट दिइनेछ ।

अन्न बीउबाली बीमाको पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला…

यो पनि पढ्नुहोस्…

उत्पादनमा आधारित तरकारी बीमालेख जारी

कृषि बीमा रकम भुक्तानी गर्न ढिलासुस्ती, प्रभाव विहिन बन्दै बीमा अनुदान

अष्ट्रिच पालन गर्नुभन्दा पहिले बीमा गर्नुहोस

बीमा समितिद्धारा केरा खेती बिमालेख शंसोधन

बैंकले रोक्यो बीमा रकम, रोकिएन बाबुरामको गाईपालन

पशुपालन व्यवसायमा लागनी सुरक्षाका लागि ; पशुबीमा

चैते धानको बीमामा कृषकहरुको आकर्षण, पाँच हजार भन्दा बढीले बीमा गरेको तथ्यांक

चैते धानको बीमा गर्ने योजना छ ? यसरी गर्नुहोस

जान्नुहोस् के हो ? कृषि बीमा…

कृषि बीमा बजेटमा ३ गुणाले बृद्धि

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....