बीमा न्युज,
कार्तिक १९, काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्सेमा गिरावट देखिएको छ । नेप्सेमा सुचिकृत व्यापार समुह बाहेक सबैमा गिरावट हुदाँ नेप्सेमा २६ दशमलब ३५ अंकले गिरावट आएको हो ।
यता बीमा समुहमा पनि भारि गिरावट देखिएको छ । बीमा समुह एक सय ५७ दशमलब ०७ अंकले गिरावट आएको छ । एक दशमलब ८७ अंकको परिवर्तन हुदा बीमा समुहमा कारोबार भने १२ करोड ५८ लाख ४९ हजार रुपैँया भएको छ ।
आइतबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा दुई बीमा कम्पनीहरु रहेका छन् । तीन करोड १८ लाख बराबरको कारोबार भएर नेपाल लाइफ सुचिको पहिलो स्थानमा रहेका छन् । यस्तै राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको एक करोड ६८ लाख बराबरको कारोबार भएर सुचिको छैटौं स्थानमा रहेका छन ।
कारोबार संख्याको आधारमा नेपाल लाइफमात्रै रहेका छन् । नेपाल लाइफको दुई सय ९१ पटक कारोबार भएको छ । आइतबार धेरै कमाउने कुनैपनि बीमा कम्पनी रहेका छैनन । तर गुमाउनेमा भने प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् ।
आइतबार नेप्सेमा २६ दशमलब ३५ अंकको गिरावट आउदाँ १४ सय ९६ दशलमब ४६ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५९ कम्पनीका १५ लाख छ हजार चार सय चार कित्ता शेयरहरु सात हजार तीन सय १८ वटा कारोबारबाट ६३ करोड १२ लाख १० हजार पाँच सय ३० रुपैँयामा किनबेच भएका छन् ।