बीमा न्युज
कार्तिक १९, काठमाडौँ ।
बीमा कम्पनीहरु पूँजी बृद्धिको अन्तिम तयारीमा लागेका छन् । बीमा समितिले कम्पनीलाई आगामी असार मसान्तभित्र पूँजी बृद्धि गर्नुपर्ने समयसीमा तोकेको छ । समितिले जीवन बीमा कम्पनीले २ अर्ब रुपैयाँ र निर्जिवन बीमा कम्पनीले १ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउनुपर्ने निर्देशन दिएको छ । समितिले यस्तो निर्देशन दिदाँ धेरैले बीमा कम्पनीहरु एक्युजेसन वा मर्जरको प्रक्रियामा जाने आँकलन गरेका थिए । तर यसका बावजुद बीमा कम्पनीहरु चुक्ता पूँजी बृद्धिमा लागेका छन् ।
बीमा शुल्क संकलनमा बृद्धि हुँदै गर्दा चुक्ता पुँजी बढाउने चटारोमा बीमा कम्पनी
यसका साथै भर्खरै संञ्चालनमा आएका रिलायबल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सलाई पूँजी बृद्धिका लागि थप समय प्रदान गरिने भएको छ । संचालनमा आउन बाँकी रहेका ६ वटा जीवन बीमा कम्पनी र तीन वटा निर्जिबन कम्पनीलाई पनि चालू आर्थिक बर्षभित्रै समितिले तोकेको चुक्ता पूँजी पु¥याउनुपर्ने बाध्यात्मक ताकेता भने छैन् ।
समितिको बाध्यकारी निर्णय अनुसार नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष आर्जन गरेको मुनाफाबाट शेयरधनिलाई बोनश तथा हकप्रद शेयर वितरण गर्दै पूँजी बृद्धि गर्ने योजना बनाएका छन् । प्रुडेन्सियल इन्स्योरेन्सले १० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने भएको छ । नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर वितरण गर्ने योजना सार्वजनिक गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ३५ प्रतिशत बोनस शेयर जारी गर्दै ३५ प्रतिशत हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ । प्रभु इन्स्योरेन्सले कायम चुक्ता पूजिँको १९.२० प्रतिशत बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पुजिँको ४६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको छ । नेपाल इन्स्योरेन्सले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । त्यसैगरि एनबी इन्स्योरेन्सले १० बराबर ८को अनुपातमा हकप्रद शेयर जारी गर्ने छ । एभरेष्ट इन्स्योरेन्स, सूर्या लाइफ, प्राइम लाइफ, नेपाल इन्स्योरेन्स, र नेशनल लाइफले लाभांश वितरणको प्रस्ताव यस अघि नै पारति गरिसकेका छन् । हिमालयन जनरल इन्स्योरेन्सले भने समितिले तोकेको चुक्ता पूँजी पुर्याएको छ ।
यो पनि पढ्नुहोस :
- बीमा शुल्क संकलनमा बृद्धि हुँदै गर्दा चुक्ता पुँजी बढाउने चटारोमा बीमा कम्पनी
- गुराँस लाइफ हकप्रद शेयर जारी गर्न माग गर्दै धितोपत्र बोर्डमा
- लुम्बिनी जनरलको लिलामी शेयर बिक्री खुल्ला
- सूर्या लाईफले १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद शेयर वितरण गर्ने
- सिद्धार्थ इन्स्योरेन्सले बोनस वितरण गर्ने
- प्रुडेन्सियल इन्स्योरेन्सले बोनस वितरण गर्ने
- प्रभु इन्स्योरेन्सले बोनश र हकप्रद शेयर निष्काशन गर्दै
- नेपाल इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्दै
- सुर्या लाइफले हकप्रद निश्कासनका लागि एनआइसी एसिया क्यापिटललाई बिक्री प्रवन्धक तोकियो
- बीमा समितिको निर्देशन अनुरुप चुक्तापूँजी पुर्याउनेमा, हिमालयन जनरल पहिलो
- शिखर इन्स्योरेन्सले बोनस शेयर तथा नगद लाभांस वितरण गर्ने