Nepal Life Insurance

उत्पादनमा आधारित तरकारी बीमालेख जारी, बीमालेखको पुर्ण पाठ सहित

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार १२:२५

Beema News

बीमा न्युज,

काठमाडौं । बीमा समितिले उत्पादनमा आधारित तरकारी बीमालेख जारी गरेको छ । समितिले विभिन्न ४९ प्रकारका उत्पादन मुलक तरकारी बीमालेख जारी गरेको हो ।

लागतमा आधारित भन्दा उत्पादनमा आधारित तरकारी बीमालेखको माग भएकोले किसानहरुको मागलाई संबोधन गर्न यस्तो बीमालेख जारी गरेको बीमा समितिका उप निर्देशक कुन्दन सापकोटले बताउनुभयो । यस्ता बीमालेखले तरकारी खेतीमा हुने जोखिमलाई सुनिश्चित गर्दै कृषिको व्यवसायिकरणमा समेत थप टेवा पुग्ने उपनिर्देशक सापकोटाको भनाई छ ।

तरकारी खेतीको गर्ने किसानहरुले अब उत्पादनको आधारमा बीमा गर्ने मौका पाएको हो । यस अघि सम्म लागतको आधारमा बीमा गर्दा किसानहरु खेतीमा हानी वा नोक्सानी हुदाँ कम मात्रमा भुक्तानी हुने व्यवास्था थियो । नयाँ बीमालेख जारी भएसंगै किसानहरुले तरकारी खेतीको क्षति÷हानी–नोक्सानी भएमा उत्पादन मूल्य अनुसारको क्षतिपूर्ति रकम पाउनेछ् ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरू ;

तरकारी खेतीको बीमा अवधि भित्र आगलागी, चट्याङ, भूकम्प, बाढी/डुवान/भारी वर्षा/खडेरी, पहिरो/भू–स्खलन, आँधीबेहरी, असिना, हिऊँ वा तुसारो, किरा तथा रोगबाट हुने हानि–नोक्सानी भएमा उत्पादन मूल्यको आधारमा, यस बीमालेखको दाबीमा ब्यवस्था भए अनुसार वास्तविक क्षतिको ९० प्रतिशत सम्म रकम बीमितलाई भुक्तानी गरिन्छ ।

क्षतिपूर्ति नदिने अवस्थाहरु ;

तरकारी खेतीको धनी वा निजको एकाघर परिवारका सदस्यको लापरवाहीको कारणले वा जानाजान मनोरञ्जन वा रिसइवी साध्ने कार्यको कारणबाट क्षति भएमा, कानूनी निकायको आदेशमा बीमा गरिएको तरकारीलाई नष्ट गर्नुपर्ने भएमा, तरकारी चोरी भएमा, बीमितले आप्mनो जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा, आणविक हातहतियारबाट उठेको वा सोसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको कारणबाट क्षति वा नोक्सानी भएमा दाबी रकम पाइनेछैन । तरकारी खेती धनीले प्रस्ताव फाराम एवम अन्य विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा विवरण उल्लेख गरेमा बीमक दाबी प्रति उत्तरदायी हुने छैन । बीउको कारणबाट क्षति भएमा, नेपाल सरकारबाट उन्मोचन/सुचिकृत नगरिएका जातहरुको बीउ प्रयोग गरिएमा पनि क्षतिपूर्ति रकम पाइदैन ।

शर्तहरु

बीमितले बीमालेखमा उल्लेख गरिएको शर्तहरु अनिवार्य पालना गर्नुपर्दछ । तरकारी खेतीका लागि प्रयोग गरिने बीउको श्रोत नेपाल सरकारबाट स्वीकृत प्राप्त सरकारी, अर्धसरकारी निकाय वा निजीक्षेत्र, कृषक समूह, कृषि सहकारीको हुनुपर्नेछ । साथै, तरकारी खेतीको लागि लगाईने जात राष्ट्रिय बीउ बीजन समितिबाट उन्मोचन/सूचिकृत वा पंजिकृत भई नेपाल सरकारबाट क्षेत्रगत सिफारिस गरिएको जात हुनुपर्नेछ ।
तरकारी तोकिएको मापदण्ड अनुसार लगाइएको/खेती गरिएको हुनुपर्दछ । तरकारी खेती गर्दा झारपातको उचित व्यवस्थापन भएको हुनुपर्ने र जमिनको तयारी समेत उचित किसिमले भएको हुनुपर्ने छ ।

बीमकले तरकारी बालीको क्षति/हानी–नोक्सानी भएमा सोको २ दिन भित्र लिखित वा अन्य संचार माध्यमबाट स्वयम् वा सदस्य संस्था मार्पmत  अनिवार्य रुपमा बीमकलाई जानकारी दिई सो को बोधार्थ स्थानिय निकायको कृषि हेर्ने शाखा वा जिल्ला कृषि बिकास कार्यालयलाई दिनु पर्नेछ । बीमकले त्यस्तो जानकारी प्राप्त भएको ४८ घण्टा भित्र बीमक वा बीमकद्वारा तोकिएको प्रतिनिधिले क्षति÷हानी–नोक्सानीको निरीक्षण गर्न सक्ने हुनाले सो अवधि सम्म क्षति÷हानी–नोक्सानी भएको स्थानलाई यथा अवस्थामा राख्नु पर्नेछ । तर क्षति न्यूनीकरण गर्न चालिएको कदमलाई यस प्रावधानले कुनै बाधा पु¥याउने छैन ।

 

 

बीमाङ्क गणना

एक हेक्टरमा उब्जनी हुने परिमाण, मेट्रिक टनमा र प्रति टनको वास्तविक मूल्य गुणन गरेर आउने परिणमको आधारमा बीमाङ्क रकम कायम गरिन्छ । बीमाशुल्क भने बीमाङ्क रकमको सात प्रतिशत दरले लाग्नेछ ।

दाबी तथा भुक्तानी सम्बन्धी प्रक्रिया ;

यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमितको तरकारी खेती बालीको हानी भएमा सोको १५ दिनभित्र  सक्कल बीमालेख, पूर्ण रूपले भरिएको दाबी फाराम, कृषि प्राविधिकको प्रतिवेदन र क्षति भएको बालीको फोटो सहितका कागजातहरु बीमक समक्ष पेस गर्नु पर्दछ ।

उत्पादनमा आधारित तरकारी बीमालेखको पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्…

यो पनि पढ्नुहोस् ।

उत्पादनमा आधारित तरकारी बीमालेख जारी

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....