बीमा न्युज
कार्तिक २०, काठमाडौँ ।
१. वल्र्ड ट्रेड सेन्टर हमला
सन् २००१मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा भएको आतंककारी हमलामा करिब ३ हजार मानिसको मृत्यु भएको थियो । यो दुर्घटना पश्चात अमेरिकी बीमा कम्पनीले ४० अर्ब अमेरिकी डलर दावी भुक्तानी गरेका थिए । जसमा हावाई बीमा, व्यापार बीमा, जीवन बीमा, सवारी साधन बीमा जस्ता धेरै बीमा पोलिसी सामेल थिए ।
सन् २००४मा हिन्द महासागरमा आएको सुनामीले २ लाख २७ हजार ८ सय ९८ मान्छेका ज्यान गयो, भने इन्डोनेसियामा मात्रै १ लाख ७० हजार जनालो ज्यान गुमाउनु परेको थियो । इन्डोनेसियामा करिब १.३ अर्ब अमेरिकी डलर बराबरको बीमा रकम दावी भुक्तानी गरिएको थियो ।
३. चिनको भूकम्प
सन् २००८मा चिनमा गएको भूकम्पमा परि ६८ हजारले ज्यान गुमाउनु परेको थियो । करिब ५ लाख मानिस घरबार विहिन भएका थिए । चिनमा २० अर्ब अमेरिकी डलर भूकम्पको दावी भुक्तानी गरिएको थियो ।
४. तुफान
सन् २००५मा उत्तरी अमेरिकामा आएको केटरिना, रिटा र विल्मा नामक तुफानमा परि ४ हजार भन्दा धेरै मानिसले ज्यान गुमाएका थिए । बीमा इतिहासमा यसलाई सबैभन्दा महंगो प्राकृतिक बीमाका नामले पनि चिनिन्छ । यी तुफानको करिब १ सय ३० अर्ब अमेरिकी डलर दावी भुक्तानी तिरिएको थियो ।
५. कार दुर्घटना
सन् २०१२मा एगेन्स कुलिएर नाम युवा कार दुर्घटनामा परेका थिए । दुर्घटनामा परि उनले खुट्टा गुमाउनु परेको थियो । यो दुर्घटनमा अस्पतालको विल मात्रै ११.५ लाख अमेरिकी डलर दावी भुक्तानी गरिएको थियो भने उनको जीवनकालको लागि भनेर ३७ लाख अमेरिकी डलर भुक्तानी गरिएको थिायो ।