Nepal Life Insurance

हिमालयन जनरलको ७१ हजार ५३० कित्ता हकप्रद शेयर लिलामीमा

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार १३:३८

Beema News

बीमा न्युज,
कात्तिक २०, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको तर्फको ७१ हजार ५३० कित्ता हकप्रद शेयर लिलामीमा निष्काशन गर्न लागेको हो ।

कम्पनीको लिलामी शेयरमा कात्तिक २७ गतेदेखि मंसिर ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ । कम्पनीले गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद बिक्रीका लागि खुला गरेकोमा साधारणतर्फ आवेदन नपरेको हकप्रद लागि लिलामका लागि बोलपत्र आब्हान गरेको हो ।

कम्पनीको चुक्तापूँजी एक अर्व २ करोड रहेको छ । गत आर्थिक वर्षमा एक अर्व ३० करोडको प्रिमियम संकलन गरेको छ भने निकट भविष्यमा आफ्नो शाखा संञ्जाललाई धनगडी, नेपालगञ्ज र सुर्खेतमा समेत विस्तार गर्ने कम्पनीले जनाएको छ । हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत देश भर सेवाप्रदान गर्दै आइराखेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....