बीमा न्युज,
कार्तिक २०, काठमाडौ । सोमबार नेप्सेमा सामान्य गिरावट देखिएको छ । नेप्सेमा सुचिकृत होटल, हाइड्रोपावर, फाइन्नस, उत्पादन तथा प्रशोधन र अन्य समुह बाहेक सबैमा गिरावट हुदाँ नेप्सेमा तीन दशमलब ०४ अंकको सामान्य गिरावट आएको हो ।
यता बीमा समुहमा पनि ५१ दशमलब ९३ अंकको गिरावट देखिएको छ । शुन्य दशमलब ६३ अंकको परिवर्तन हुदा आठ हजार एक सय ८३ दशमलब ७४ विन्दुमा झरेको छ । बीमा समुहमा कारोबार भने नौं करोड ६० लाख १२ हजार छ सय रुपैँया भएको छ ।
सोमबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा दुई बीमा कम्पनीहरु रहेका छन् । एक करोड ३५ लाख बराबरको कारोबार भएर नेपाल लाइफ सुचिको सातौं स्थानमा रहेका छन् । यस्तै नेपाल इन्स्योरेन्स कम्पनीको एक करोड २४ लाख बराबरको कारोबार भएर सुचिको नवौं स्थानमा रहेका छन ।
कारोबार संख्याको आधारमा नेपाल लाइफमात्रै रहेका छन् । नेपाल लाइफको दुई सय ४० पटक कारोबार भएको छ । सोमबार धेरै कमाउने सुर्या लाइफ रहेका छन् । यस्तै गुमाउनेमा भने कुनै पनि बीमा कम्पनी रहेका छैनन् ।
सोमबार नेप्सेमा तीन दशमलब ०४ अंकको गिरावट आउदाँ १४ सय ९३ दशलमब ४२ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ६० कम्पनीका ११ लाख ५७ हजार चार सय ४४ कित्ता शेयरहरु पाँच हजार नौं सय नौं वटा कारोबारबाट ४९ करोड ११ लाख ८० हजार चार सय ३८ रुपैँयामा किनबेच भएका छन् ।