बीमा न्युज,
कार्तिक २१, काठमाडौ । नेप्से निरन्तर ओरालो लागेको छ । मंगलबार नेप्सेमा सुचिकृत समुहमा व्यापार समुह बाहेक सबैमा गिरावट आउदाँ नेप्से ओरालो लागेको हो । नेप्सेसंगै बीमा समुहमा पनि ४९.७३ अंकले ओरालो लागेको छ ।
बीमा समुह ४९.७३ अंकले गिरावट आउदा बीमा परिसुचक आठ हजार एक सय ३४ दशमलब ०१ विन्दुमा झरेको छ । शुन्य दशमलब ६१ अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने आठ करोड ५१ लाख ७२ हजार आठ सय रुपैँया भएको छ ।
मंगलबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर मात्रै रहेका छन् । जसको एक करोड ३५ लाख बराबरको कारोबार भएर सुचिको पाँचौं स्थानमा रहेका छन् ।
कारोबार संख्याको आधारमा नेपाल लाइफमात्रै रहेका छन् । नेपाल लाइफको एक सय ४४ पटक कारोबार भएको छ । मंगलबार धेरै कमाउने कुनैपनि बीमा कम्पनी रहेका छैनन । तर गुमाउनेमा भने सिद्धार्थ र सगरमाथा इन्स्योरेन्स रहेका छन् ।
मंगलबार नेप्सेमा आठ दशमलब ९७ अंकको गिरावट आउदाँ १४ सय ८४ दशलमब ४५ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५९ कम्पनीका ११ लाख २९ हजार दुई सय नौं कित्ता शेयरहरु पाँच हजार ७५ वटा कारोबारबाट ४२ करोड ४४ लाख ४६ हजार सात सय ५६ रुपैँयामा किनबेच भएका छन् ।