बीमा न्युज,
कार्तिक २१, काठमाडौ । बुधबार पनि नेप्से निरन्तर ओरालो लागेको छ । नेप्सेमा सुचिकृत सबै समुहमा गिरावट आउदाँ नेप्से ओरालो लागेको हो । नेप्सेसंगै बीमा समुहमा सबै भन्दा धेरै १३५.०५ अंकले ओरालो लागेको छ ।
बीमा समुह १३५.०५ अंकले गिरावट आउदा बीमा परिसुचक सात हजार नौं सय ९८ दशमलब ९६ विन्दुमा झरेको छ । एक दशमलब ६६ अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने १० करोड दुई लाख ३६ हजार रुपैँया भएको छ ।
बुधबार बीमा समुहको धेरै कारोबार गर्नेमा दुई बीमा कम्पनी रहेका छन् । दुई करोड ३१ लख बराबरको कारोबार भएर नेपाल लाइफ सुचिको दोस्रो स्थानमा रहको छ भने एक करोड १९ लाख बराबरको कारोबार भएर राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर सुचिको पाँचौं स्थानमा रहेका छन् ।
कारोबार संख्याको आधारमा नेपाल लाइफमात्रै रहेका छन् । नेपाल लाइफको दुई सय २१ पटक कारोबार भएको छ । बुधबार धेरै कमाउने कुनैपनि बीमा कम्पनी रहेका छैनन । तर गुमाउनेमा भने प्रिमियर र युनाइटेड इन्स्योरेन्स रहेका छन् ।
बुधबार नेप्सेमा १७ दशमलब ८३ अंकको गिरावट आउदाँ १४ सय ६६ दशलमब ६२ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५९ कम्पनीका ११ लाख ९८ हजार दुई सय ६४ कित्ता शेयरहरु पाँच हजार तीन सय ८३ वटा कारोबारबाट ४७ करोड ७७ लाख नौं हजार चार सय ५९ रुपैँयामा किनबेच भएका छन् ।