Nepal Life Insurance

एक्चुअरीको अभावमा बीमा क्षेत्र

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहीबार १३:२७

सागर चन्द

बीमा न्युज
कार्तिक २३, काठमाडौँ ।
एक्चुअरी वित्तिय क्षेत्रको जोखिम मूल्याकंन गर्ने पेशा हो । यसले वित्तिय क्षेत्रले गर्ने लगानीको जोखिम र प्रतिफलको मूल्याकंन तथा पूर्वानुमान गर्छ । यो वित्तिय क्षेत्रको विशिष्टिकृत विषय भएकाले यसलाई अंग्रेजिमा एक्चुअरी साईन्स भनिन्छ । बीमा क्षेत्रमा एक्चुअरी सबैभन्दा महत्वपूर्ण र आवश्यक मानिन्छ । कम्पनीले जारी गर्ने बीमा पोलिसी जोखिमसंग सम्बन्धीत हुने भएकाले पनि बीमा कम्पनीमा एक्चुअरी अनिवार्य मानिन्छ । यसका साथै वित्तिय क्षेत्रको कुनै पनि लगानी जोखिमको विश्लेषण तथा पूर्वानुमानका लागि एक्चुअरी अनिवार्य मानिन्छन् । अन्र्तर्राष्ट्रिय अभ्यासमा सबै प्रकारका वित्तिय क्षेत्रमा एक्चुअरीको प्रयोग गरिन्छ । एक्चुअरीले पुराना तत्थ्याकं र लगानीको सम्पूर्ण विवरणको विश्लेषण गर्दै अब गरिने लगानीको लाभ तथा हानिको बारेमा गणितिय सुत्रद्धारा पूर्वानुमान गर्ने गर्छन् ।
बीमा ऐन–२०४९ले पनि बीमा कम्पनीहरूले अनिवार्य रूपमा एक्चुअरी मूल्याङ्कन गराउनुपर्ने उल्लेख गरेको छ । नेपाली बीमा कम्पनीले एक्चुअरी मूल्याङ्कनको लागि भारतमा निर्भर रहनु परेको छ । नेपालमै पर्याप्त मात्रामा एक्चुअरी अध्ययन गरेको जनशक्ति नहुँदा बीमा कम्पनीले एक्चुअरी मूल्याङ्कनको लागी भारतबाट जनशक्ति मागाउने गर्छन् । बीमा ऐन अनुसार बीमा कम्पनीले प्रत्येक ३ वर्षको अन्तरलामा आफ्नो आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन गराउनुपर्ने हुन्छ । यसका अलवा बीमा कम्पनीले नयाँ बीमालेख जारी गर्दा होस या बीमा समितिले बीमालेख निर्माण गर्दा पनि एक्चुअरीको आवश्यकता पर्ने गर्छ ।

पहिलोपटक सन् १९५७मा बेलायतमा एक्चुअरीको प्रयोग भएको मानिन्छ । गणित र तथ्याङ्क संग सम्बन्धित यो बिषयका जनशक्ति अन्य जनशत्तिको तुलनामा विश्वभर कम रहेका छन् । उच्च पारिश्रमिक पाउने पेशाहरुमध्ये यो पेशा पनि एक हो ।
बीमा व्यवसायका महत्वपूर्ण कार्यहरु बीमालेख तयारपार्न, बीमाशूल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्याङ्कन, बीमितलाई प्रदान गर्नुपर्ने बोनस दर निर्धारण गर्न एक्चुअरीको आवश्यकता हुन्छ ।
नेपालमा हाल शून्य प्राय रहेको एक्चुअरी जनशक्तिको आवश्यकता अब टड्कारो देखिन्छ । नयाँ बीमा कम्पनीहरु थप भएसंगै एक्चुअरीको माग पनि स्वत ः बढ्ने छ । यस संगै प्रस्तावित बीमा विधेयकमा पनि प्रत्येक बर्ष एक्चुअरी मूल्याङ्कन गराउनुपर्ने तोकिएको छ । एक्चुअरीको लागि अन्य मूलुकमा निर्भर रहनुभन्दा पनि अब यस्तो जनशक्ति नेपालमै तयार पार्नुपर्ने आवश्यकता देखिन्छ ।

एक्चुअरी साईन्स अध्ययनको लागी विश्वविद्यालय नभएपनि विभिन्न संस्थानहरुमा अध्ययन गरेर एक्चुअरीको अनुमति पत्र प्राप्त भने गर्न सकिन्छ । भर्खरै मात्र त्रिभुवन विश्व विद्यालयले एक्चुअरी साईन्सका लागि उपयोगी ठहरीने म्याथम्याटिकल साइन्स कार्यक्रम पनि सुरु गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....