बीमा न्युज,
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ । प्रुडेन्सियलले १०० अंकित दरका १२ लाख ८३ हजार कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति पाएको हो । बोर्डले कम्पनीलाई (३० प्रतिशत) १२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत बिक्री गर्न अनुमति दिएको हो ।
४२ करोड ७६ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पूँजी कायम हुनेछ । बीमा समितिको निर्देशन अनुरुप कम्पनीले २०७५ असार सम्ममा एक अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने हुन्छ ।
प्रुडेन्सियलले गत आवमा १७ करोड १३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४० रूपैयाँ ०६ पैसा कायम गरेको छ । नेप्सेमा विहीबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०७४ रुपैयाँ रहेको छ ।