Nepal Life Insurance

‘Know Your Product’ आइएमई सरल ( सावधिक) जीवन बीमा योजना

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार १२:३०

Beema News

‘Know Your Product’  अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठकमाझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको  ‘Know Your Product’ मा आइएमई लाइफ इन्स्योरेन्सको आइएमई सरल ( सावधिक) जीवन बीमा योजना ।

 

बीमा न्युज,
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बोनस सहितको आइएमई सरल ( सावधिक ) जीवन बीमा योजना आर्कषक योजना हो । यस योजनाामा सहभागि हुन न्युनतम १६ वर्ष र अधित्तम ६५ वर्ष पुगेको हुनु पर्दछ । न्युनतम ५ वर्ष देखि अधिकतम ५४ वर्षसम्म बीमा अवधि तोकिएको छ । यस बीमा अबधिमा बीमितले न्युनतम ५० हजार देखि आम्दानीको आयस्रोतको आधारमा बीमांक रकम निर्धरण गर्न सकिन्छ । बीमा शुल्क भुक्तानी गर्दा वार्षिक, अर्धवार्षिक र त्रैमासिकको आधारमा भुक्तानी गर्न सकिने व्यवस्था छ ।

बीमाङ्कमा छुट


यस योजना अन्र्तगत ठुला बीमाङ्क रकममा छुट दिने व्यवस्था समेत रहेको छ । एक लाख सम्मको बीमाङ्क रकममा कुनै छुटको व्यवस्था गरिएको छैन् तर एक लाख देखि २० लाख रुपैंयाँ सम्मको बीमाङ्कको लागि प्रति हजार एक रुपैंया र २० लाख एक रुपैयाँ भन्दा धेरै बीमाङ्क रकम भएमा प्रति हजार दुई रुपैयाँ छुट दिने व्यवस्था रहेको छ ।

यस्तै बीमा शुल्क भुक्तानीमा पनि छुट प्रदान गर्ने प्रावधान रहेको छ । त्रैमासिक भुक्तानीमा कुनै छुट नभएपनि अर्धवार्षिक र वार्षिक भुक्तानीमा छुटको व्यवस्था छ । बीमा शुल्क वार्षिक रुपमा भुक्तानी गर्दा दुई प्रतिशत र अर्धवार्षिक रुपमा भुक्तानी गर्दा एक प्रतिशत छुट प्रदान गरिनेछ ।

बीमाङ्क रकम भुक्तानी दिइने अवस्था

बीमा समाप्त हुने मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि उक्त मितिमा बीमाङ्क र नियमानुसारको बोनस रकम भुक्तानी दिइनेछ । बीमा समाप्त हुने मिति अगाबै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमाङ्क र नियमानुसारको बोनस रकम भुक्तानी दिइन्छ् ।


पुरक करार सुविधा

अतिरिक्त थप शुल्क सहित दुर्घटनावाट प्राप्त हुने यो दोहोरो मृत्यु लाभ बीमा अवधिभर वा बीमितको उमेर ७० वर्ष नपुगुन्जेल सम्म मध्ये जुन घटना पहिले हुन्छ । त्यस अनुसार लाभ प्रदान गरिन्छ । यो सुविधा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीवाट जारी गरिएका अन्य बीमालेखहरुको बीमाङ्ककको जोड सहित ५० लाख रुपैयाँ सम्म प्राप्त गर्न सकिन्छ ।

 

दुर्घटनावाट मृत्यु भएमा वा अंगभंग भएमा थप लाभ पनि प्रदान गरिनेछ । अतिरिक्त थप शुल्क सहित दुर्घटनावाट प्राप्त हुने यो लाभ बीमा अवधिभर वा बीमितको उमेर ७० वर्ष नपुगुन्जेल सम्म मध्ये जुन घटना पहिले हुन्छ । त्यस अनुसार लाभ प्रदान गरिन्छ । यो सुविधा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीवाट जारी गरिएका अन्य बीमालेखहरुको बीमाङ्ककको जोड सहित ५० लाख रुपैयाँ सम्म प्राप्त गर्न सकिन्छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....