Nepal Life Insurance

इलाममा २१ हजार भन्दा बढिले गरे, स्वास्थ्य बीमा

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार ११:१३

Beema News

बीमा न्युज,
इलाम । स्वास्थ्य बीमा कार्यक्रममा इलामका सर्वसाधारणहरुको आर्कषण बढेको छ । बीमा कार्यक्रम लागू भएको एक वर्ष भित्रमा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गरेर कार्यक्रममा सहभागि भएको हो ।

सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया सुरू गरी भदौ एक गतेबाट सेवा दिन थालेको थियो । स्वास्थ्य बीमा गराउने २१ हजार २६४ जनामध्ये १४ हजार ८६४ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको सामाजिक सुरक्षा विकास समितिका दर्ता अधिकारी खेमराज अधिकारीले जानकारी दिनुभयो ।

 

बीमितमध्ये दुई हजार ९३७ जनाले झापा, १२० जनाले काठमाडौँबाट र ११ हजार ८ सय जनाले जिल्लाकै प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पतालबाट सेवा लिएका छन् ।

बीमितहरूको सेवा प्रारम्भ भएको एक वर्ष पुगेपछि पुनः बीमा बापतको रकम तिरेर नवीकरण गर्नुपर्ने अधिकारीले बताउनुभयो । इलाममा ५२ जना दर्ता सहयोगी नियुक्ति गरेर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

 

सरकारले २०७२ चैत २५ गतेबाट नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच तथा आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु नपरोस् भनी पहिलो चरणमा बागलुङ र दोस्रो चरणमा इलाममा स्वास्थ्य बीमा सञ्चालन गरेको थियो ।

जिल्लाका फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङ गरी चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, मेची अञ्चल अस्पताल चन्द्रगढी, आम्दा अस्पताल दमक र मेची आँखा अस्पताल बिर्ताबजार प्रथम सेवा बिन्दुका रूपमा छन् । झापाको बिएन्डसी अस्पताल, कोशी अञ्चल अस्पताल र काठमाडौँका विभिन्न अस्पताल रिफरल अस्पतालका रूपमा राखी सेवा प्रदान गरिँदै आएको छ ।

 

 

स्वास्थ्य बीमा गराउनेमध्ये अधिकांश दीर्घ रोगीका बिरामी बढी देखिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । जसमध्ये उच्च रक्तचाप, ग्यास्ट्रिक, मधुमेह, तल्लो पेट दुख्ने बिरामीको संख्या बढी देखिएको समितिले जनाएको छ । रासस

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....