Nepal Life Insurance

सुध्रिदै नेप्से, बीमा समुहमा पनि १३.७४ अंकको सुधार

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार १५:५५

Beema News

बीमा न्युज,
कार्तिक २७, काठमाडौ । साताको दोस्रो दिन सोमबार पनि नेप्सेमा सुधार आएको छ । नेप्सेमा सुचिकृत होटल र विकास बैंक समुह बाहेक सबै समुहमा सकारात्मक देखिदाँ नेप्सेमा पनि १३.७४ अंकको सुधार देखिएको हो ।

 

सोमबार बीमामा पनि समुह १४ दशमलब ५१ अंकको सुधार आएको छ । १४.७१ अंकको सुधार आउदा बीमा परिसुचक आठ हजार एक सय आठ दशमलब १२ विन्दुमा पुगेको छ । शुन्य दशमलब १८ अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने १० करोड ६७ लाख ८६ हजार एक सय रुपैँया भएको छ ।

सोमबार बीमा समुहको धेरै कारोबार गर्नेमा तीन बीमा कम्पनी रहेका छन् । ११ करोड २४ लाख बराबरको कारोबार भएर गुराँस लाइफको प्रमोटर शेयर सुचिको पहिलो स्थानमा रहेको छ । राष्ट्रिय बीमा कम्पनीको पनि प्रमोटर शेयर एक करोड ९६ लाख बराबरको कारोबार भएको छ । यस्तै नेपाल लाइफको पनि एक करोड ६२ लाख बराबरको कारोबार भएको छ ।

 

कारोबार संख्याको आधारमा सोमबार पनि नेपाल लाइफमात्रै रहेका छन् । नेपाल लाइफको एक सय ६२ पटक कारोबार भएको छ । सोमबार धेरै कमाउनेमा दुई बीमा कम्पनीहरु रहेका छन् । प्राइम लाइफ र प्रुडेन्सियल इन्स्योरेन्स धेरै कमाउने सुचिमा पर्न सफल भएका छन् । यस्तै गुमाउनेमा भने राष्ट्रिय बीमा कम्पनीको साधारण शेयर र प्रमोटर शेयर रहेका छन् ।

सोमबार नेप्सेमा १३.७४ अंकको सुधार आउदाँ १४ सय ९० दशलमब ८८ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ५८ कम्पनीका १७ लाख ३० हजार पाँच सय ७२ कित्ता शेयरहरु पाँच हजार सात सय १० वटा कारोबारबाट ७१ करोड ४६ लाख ५७ हजार चार सय ५९ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....