Nepal Life Insurance

महालक्ष्मीले सञ्चालनको लागि अनुमति नपाएपछि सर्वोच्वमा रिट दायर

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार १३:१३

Beema News

 

बीमा न्युज,
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स बीमा समितिवाट सञ्चालनको अनुमति नपाए पछि सर्वोच्च अदालत गएको छ । समितिले बिनाकारण व्यवसाय सञ्चालन गर्ने अनुमति नदिएको भन्दै कम्पनीले सर्वोच्चमा रिट दायर गरेको हो ।

 

अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएपनि समितिले तोकिएको समयमा पुँजी कायम गर्न नसकेपछि महालक्ष्मीले व्यवसाय सञ्चालन अनुमति पाएको थिएन । तोकिएको सयमसिमा सकिएपछि कम्पनीले थप समयका लागि समिति तथा मन्त्रालयमा निवेदन भने दिएको थियो । तर उक्त निवेदनउपर कुनै पनि कारवाही नभएको भन्दै कम्पनीले सर्वोच्चमा रिट हालेको हो ।

 

चारवटा शाखा स्थापना भइसकेको र ३० जना कर्मचारी नियुक्ती गरिसकेको अवस्थामा समितिले व्यवसाय सञ्चालनमा रोक लगाउनु गैरजिम्मेवारपूर्ण कार्य भएको रिटमा उल्लेख गरेको छ । कम्पनीले अर्थ मन्त्रालय तथा समितिलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

 

 

पुँजी कायम गर्न नसकेपछि भदौ ३ गते कम्पनीले पुँजी पु¥याउनका लागि ४५ दिनको समय थप गर्न समितिमा निवेदन दिएको थियो । समितिले भदौ ५ गते यस अघि तोकिएको शर्तअनुसार कम्पनी निष्क्रिय हुने ब्यहोरा सहितको पत्र पठाएको थियो । त्यसपछि कम्पनीले भदौ ७ गते अर्थ मन्त्रालयमा समय थपको निवेदन दियो । सोही दिन मन्त्रालयले समितिलाई पत्राचार गरी महालक्ष्मीलाई समय थप गर्न निर्देशन दिएको थियो । तर समितिले भने यस बिषयमा कुनै पनि निर्णय गरेन ।

 

समितिले कुनै पनि प्रक्रिया अगाडि नबढाएपछि कम्पनीले असोज २० गते अर्थ मन्त्रालयमा निवेदन दिएको थियो । तर, मन्त्रालयबाट पनि कुनै प्रक्रिया अगाडि नबढेपछि कम्पनीले असोज २७ गते सर्वोच्चमा रिट दायर गरेको हो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....