Nepal Life Insurance

सगरमाथा इन्स्योरेन्सको शेयरधनीले यसवर्ष कुनै लाभांश नपाउने

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार १३:५३

Beema News

बीमा न्युज,
काठमाडौं । सगरमाथा इन्स्योरेन्सको शेयरधनीहरुले कुनै लाभांश नपाउने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको वित्तीय विवरण पारित गरेपनि शेयरधनीलाई भने बोनस र नगद लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको हाल चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ र जगेडा कोषमा ३१ करोड ५६ लाख रुपैयाँ छ । कम्पनीले गतबर्ष २२ प्रतिशत तथा अघिल्लोबर्ष २३ प्रतिशतका दरले बोनस वितरण गरेको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २५ करोड ५५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीलाई बिमा समितिले तोकेको एक अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन अझै ४६ करोड १७ लाख ८ हजार रुपैयाँ आवश्यक छ । कम्पनीको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ४८ पैसा र प्रतिशेयर नेटवर्थ २३६ रुपैयाँ ६२ पैसा छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....