बीमा न्युज,
कार्तिक २८, काठमाडौ । मंगलबार पनि नेप्सेमा सुधार आएको छ । आज नेप्सेमा सुचिकृतसमुह बाहेक सबै समुहमा सकारात्मक देखिदाँ नेप्सेमा पनि २५.१४ अंकको सुधार देखिएको हो ।
मंगलबार बीमा समुहमा सबैभन्दा धेरै ११२.७३ अंकको सुधार आएको छ । ११२.७३ अंकको सुधार आउदा बीमा परिसुचक आठ हजार दुई सय २० दशमलब ८५ विन्दुमा पुगेको छ । एक दशमलब ३९ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार १४ करोड ३५ लाख १५ हजार रुपैँया भएको छ ।
मंगलबार बीमा समुहको धेरै कारोबार गर्नेमा दुई बीमा कम्पनी रहेका छन् । दुई करोड २७ लाख बराबरको कारोबार भएर सगरमाथा इन्स्योरेन्स शिर्ष सुचिको छैटौं स्थानमा रहेको छ । यस्तै नेपाल लाइफको पनि एक करोड ५६ लाखको कारोबार भएको छ ।
कारोबार संख्याको आधारमा मंगलबार पनि नेपाल लाइफ मात्रै रहेका छन् । नेपाल लाइफको एक सय ५४ पटक कारोबार भएको छ । मंगलबार धेरै कमाउनेमा कुनै बीमा कम्पनीहरु रहेका छैनन् भने गुमाउनेमा सगरमाथा इन्स्योरेन्स मात्रै रहेका छन् ।
मंगलबार नेप्सेमा २५.१४ अंकको सुधार आउदाँ १५ सय १६ दशलमब ०२ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६५ कम्पनीका १८ लाख ४७ हजार सात सय ५५ कित्ता शेयरहरु सात हजार दुई सय ८५ वटा कारोबारबाट ७५ करोड ११ लाख ६७ हजार एक रुपैँयामा किनबेच भएका छन् ।