बीमा न्युज,
काठमाडौं । प्राइम लाइफ र नेशनल लाइफ हकप्रद शेयर जारी गर्नको लागि धितोपत्र बोर्डमा पुगेका छन् । दुबैले कात्तिक २७ गते हकप्रद जारी गर्न अनुमतिका लागि नियामक धितोपत्र बोर्डमा पुगेको हो ।
जीवन बिमा कम्पनीले बीमा समितिको निर्देशन अनुसार दुई अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने भएपछि हकप्रद जारी गर्न लागेका हुन् । प्राइमले १६० प्रतिशत र नेशनलले ६० प्रतिशत हकप्रद जारी निवेदन पेश गरेका छन् ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले एक बराबर एक दशमलव ६० अनुपातमा ६१ लाख २ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सको हकप्रद बिक्री गर्न सिद्धार्थ क्यापिटललाई जिम्मेवारी दिईएको छ ।
त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले पनि १० बराबर ६ कित्ता अनुपातमा ९९ लाख ३६ हजार ४७८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति माग गरेको हो । हकप्रद विक्रीका लागि कम्पनीले एनआइबीएल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ ।