Nepal Life Insurance

फेरि घट्यो नेप्से, बीमा समुहमा पनि १०३.८३ अंकको भारि गिरावट

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार १६:०६

Beema News

बीमा न्युज,
कार्तिक २९, काठमाडौ । यस साताको सुरुदेखि सकारात्मक देखिएको नेप्से आज बुधबार भने गिरावट आएको छ । नेप्से ११.२३ अंकले घट्दा बीमा समुहमा पनि १०३.८३ अंकले गिरावट देखिएको हो ।

बुधबार बीमा समुहमा सबैभन्दा धेरै १०३.८३ अंकको भारि गिरावट आउदा बीमा परिसुचक आठ हजार एक सय १७ दशमलब ०२ विन्दुमा झरेको छ । एक दशमलब २६ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार १३ करोड ११ लाख ११ हजार रुपैँया भएको छ ।

बुधबार बीमा समुहको धेरै कारोबार गर्नेमा तीन बीमा कम्पनी रहेका छन् । एक करोड ९५ लाख बराबरको कारोबार भएर प्राइम लाइफ शिर्ष सुचिको पाँचौं स्थानमा रहेका छन । नेपाल लाइफको एक करोड १५ लाखको कारोबार भएको छ । यस्तै नेशनल लाइफको पनि एक करोड ५५ लाखका् कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएका छन् ।

 

कारोबार संख्याको आधारमा बुधबार कुनै पनि बीमा कम्पनी शिर्ष स्थानमा रहेका छैनन । बुधबार धेरै कमाउनेमा र गुमाउनेमा कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन् ।

बुधबार नेप्सेमा ११.२३ अंकले गिरावट आउदाँ १५ सय ०४ दशलमब ७९ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ६० कम्पनीका ११ लाख ७७ हजार पाँच सय ७५ कित्ता शेयरहरु छ हजार चार सय १२ वटा कारोबारबाट ५९ करोड ७८ लाख ७४ हजार दुई सय ८७ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....