बीमा न्युज,
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राम्रो प्रगति हासिल गरेको छ । यो अवधिमा नेपाल लाइफले १७ करोड ७४ लाख बढीको खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा नेपाल लाइफको पाँच करोड ८९ लाख मात्रै खूद नाफा गरेको थियो । जसअनुसार यस वर्ष नेपाल लाइफले २०१ प्रतिशतले नाफा बढाएको हो ।
कम्पनीले बिमा शुल्कबाट हुने आम्दानीलाई पनि बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ६६ करोड रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ३ अर्ब ७५ करोडको उचाईमा पुुगेको छ ।
लगानी, कर्जा तथा अन्यबाट हुने आय गत वर्षको यही अवधिमा ४६ करोड ८६ लाख रुपैयाँ रहेकोमा बढेर यो वर्ष ९३ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बीमालेख धितो कर्जावाट आय १० करोडमा रहेको थियो । तर यो वर्ष भने २६ करोड ९२ लाखमा पुगेको छ ।
समीक्षा अवधिमा नेपाल लाइफले १ अर्ब १८ करोड बढीको दाबीभुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५८ करोड ६१ लाख बराबरको मात्र दाबी भुक्तानी गरेको थियो । अघिल्लो वर्ष १० लाख २० हजार रहेको बिमा लेखको संख्यालाई बढाएर १० लाख ९४ हजार माथि पुर्याएको देखिन्छ।
अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा यो कम्पनीले व्यवस्थापन खर्चमा करिब २२ लाखको कटौति गर्न सफल भएको छ । जीवन बिमा कोषलाई निकै मजबुत रहेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३४ अर्ब २८ करोड रहेको कोषमा समीक्षा अवधिसम्म ४३ अर्ब ३६ करोड भन्दा बढी रकम जम्मा भएको छ ।
कम्पनीको रिजर्ब कोषमा अघिल्लो वर्षको यही अवधिमा ३१ करोड ८२ लाख रहेकोमा समीक्षा अवधिसम्म ४ अर्ब ८६ करोड जम्मा भएको छ ।