Nepal Life Insurance

शिखर इन्स्योरेन्सको पहिलो त्रैमासमै ९ करोड ५५ लाख खुद नाफा

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार ११:१६

Beema News

बीमा न्युज,
काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासीक रिपोर्ट सार्वजनिक गरेको छ । जस अनुसार शिखरले पहिलो त्रैमासमा नौं करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले आठ करोड ७० लाख नाफा कमाएको थियो ।

समीक्षा अवधिमा शिखरले ४० करोड ५० लाख बिमा शुल्कबाट आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा करिव पाँच करोडले बढि हो । अघिल्लो बवर्षको यहि त्रैमासमा शिखरले बीमा शुल्कवाट ३५ करोड ७४ लाख आम्दानी गरेको थियो ।

पुनर्बीमा कमिसनबाट हुने आय अघिल्लो वर्ष आठ करोड २१ लाख रहेको थियो त्यो बढेर यो वर्ष नौं करोड नौं लाख पुगेको छ । त्यस्तै तीन करोड २९ लाख रहेको लगानी कर्जा तथा अन्यबाट हुने आय पनि बढेर तीन करोड ७७ लाख पुगेको छ ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले १४ करोड ४८ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यहि अवधिमा दाबी भुक्तानी ७ करोड ४९ लाखमा सीमित थियो । कम्पनीको बिमा कोष निकै मजबुत भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५० करोड १८ लाख रहेको कोष मजबुत भई ६८ करोड ३१ लखको उचाईमा पुगेको छ ।

शिखरको जगेडाकोषमा भने सुधार भएको छैन । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ४६ करोड ४४ लाख रहेको जगेडाकोष अहिले ३१ करोड ४४ लाखमा सीमित भएको छ । कम्पनीको तीन करोड ४६ लाखमा सीमित महाविपत्ति कोष अहिले पाँच करोड २९ लाखमा पुगेको छ ।

समीक्षा अवधिमा शिखरको प्रतिसेयर आम्दानी ४६.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२८.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.१५ गुणा कायम भएको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....