बीमा न्युज,
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राम्रो आम्दनी गरेको छ । पहिलो त्रैमासमा कम्पनीले छ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ करोड २७ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । जस अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा १७९ प्रतिशतले बढी हो ।
कम्पनीले ४६ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क पनि आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ३७ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको थियो । दाबी भुक्तानी पनि गत वर्षको प्रथम त्रैमासमा ७ करोड ८२ लाख रुपैयाँ भएकोमा यस वर्ष ४ करोड ७४ लाख रुपैयाँ मात्र भएको छ ।
चुक्ता पुँजी ६१ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोष ५२ करोड छ भने जगेडा कोषमा नौं करोड रहेको छ । यस्तै महाविपत्ती कोषमा करिव आठ करोड रुपैयाँ रहेको छ ।