बीमा न्युज,
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासीकको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणमा चाले आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ लाख ८५ हजार रुपैया खुद नाफा आर्जन गरेको छ । गतवर्ष यही अबधिमा १० लाख ५१ हजार नाफा आर्जन गरेको थियो ।
नाफा बढे पनि बिमा शुल्कबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो वर्ष कम्पनीले २ करोड ९६ लाख बिमा शुल्कबाट आम्दानी गरेको थियो तर यो वर्षको पहिलो त्रैमासमा भने घटेर २ करोड ५० लाखमा सीमित रहेको छ ।
कम्पनीले पुनर्बीमा कमिसनबाट हुने आयमा भने सुधार देखिएको छ । अघिल्लो वर्ष ७४ लाखमा सीमित पुनर्बीमा कमिसन आम्दानी बढेर यो वर्ष एक करोड ७३ लाखको उचाईमा पुगेको छ । ५१ लख ८५ हजारमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय घटेर २४ लाख ४८ हजारमा सीमित बन्न पुगेको छ ।
पहिलो त्रैमासमा कम्पनीले एक करोड १२ लाख बराबरको भुक्तानी गरेको छ । अघिल्लो वर्षको यहि त्रैमासमा कम्पनीले ९४ लाख ७९ हजार दाबी भुक्तानी गरेको थियो । कम्पनीको बीमा कोषमा नौं करोड ९२ लाखबाट पहिलो त्रैमासमा १५ करोड २३ लाख पुगेको छ । यस्तै, १२ करोड १३ लाख रहेको जगेडाकोष ११ करोड ९३ लाखमा सीमित बन्न पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ ३२३रुपैयाँ ६२ पैसा रहेको छ ।