‘Know Your Product’ अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठकमाझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको ‘Know Your Product’ मा आइएमई लाइफ इन्स्योरेन्सको आइएमई सवल जीवन बीमा योजना ।
बीमा न्युज,
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ल्याएको योजना मध्ये आइएमई सवल जीवन बीमा योजना पनि एक हो । यस योजनामा सहभागि हुन न्युनतम १६ वर्ष प्रबेश गरेको हुनुपर्दछ भने अधिकतम ६० वर्ष सम्मका व्यक्ति योजनाले समेट्छन् । यस योजनाको बीमा अवधि ५, १०, १५ र २० वर्षको रहेको छ । बीमितको न्युनतम परिपक्वता उमेर २१ वर्ष तोकिएको छ भने अधिकतम ७० वर्ष तोकिएको छ । आयस्रोतको आधारमा अधिकतम बीमाङ्क रकम निर्धारण गर्न सकिन्छ भने न्युनतम ५० हजार तोकिएको छ ।
बीमा शुल्क भुक्तानी अवधि बीमा अवधिको आधारमा बीमा शुल्क भुक्तानीमा पनि विविधता रहेका छन् । पाँच वर्षे बीमा अवधिका लागि एकल बीमा शुल्कमा दुई र तीन वर्षे बीमाशुल्क भुक्तानी अवधि तोकिएको छ । १०, १५ र २० वर्षे बीमा अवधि एकल बीमाशुल्कमा दुई, तीन, चार र पाँच वर्षे बीमाशुल्क भुक्तानी अवधि तोकिएको छ । बीमा शुल्क एकल, बार्षिक, अर्धवार्षिक तथा त्रैमासिक रुपमा भुक्तानी गर्न सकिन्छ ।
भुक्तानीमा छुट
यस योजना अन्र्तगत ठुला बीमाङ्क रकममा छुट दिने व्यवस्था समेत रहेको छ । दुई लाख सम्मको बीमाङ्क रकममा कुनै छुटको व्यवस्था गरिएको छैन भने दुई लाख एक रुपैयाँ देखि पाँच लाख सम्मको बीमाङ्क रकममा एक रुपैंयाँ र पाँच लाख एक रुपैयाँ भन्दा माथिको बीमाङ्कमा दुई रपैंयाँ प्रति हजारमा छुटको व्यवस्था गरेको छ ।
यस्तै बीमा शुल्क भुक्तानीको आधारमा पनि बीमा शुल्कमा छुट प्रदान गरिने व्यवस्था छ । एकल बीमाशुल्क बाहेक अन्य बीमाशुल्क भुक्तानी तरिकाको आधारमा अर्धवार्षिक बीमा शुल्क भुक्तानीमा एक प्रतिशत र वार्षिक बीमाशुल्क भुक्तानीमा दुई प्रतिशत छुटदिने व्यवस्था छ । त्रैमासिक बीमा शुल्क भुक्तानीमा भने बीमाशुल्क छुट प्रदान गरिएको छैन । चुक्ता मुल्य, समर्पण मुल्य, कर्जा बीमालेख अन्र्तगत यी सुविधाहरु उपलब्ध हुनेछ ।
बीमाङ्क रकम भुक्तानी दिने अवस्था
बीमा समाप्त हुने मितिसम्म बीमित जीवित रहेका बीमालेखको शर्तहरुको अधिनमा रहि उक्त मितिमा बीमाङ्क र नियमानुसार बोनस रकम भुक्तानी दिइनेछ । यस्तै बीमा अवधि समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएका बीमालेखको शर्तहरुको अधिनमा रहि बीमाङ्क र नियमानुसारको बोनस एक मुष्ठ भुक्तानी दिइने प्रावधान रहेको छ ।
पुरक करार सुविधा
यस बीमा योजनामा दुर्घटनावाट मृत्यु वा अंगभंग भएमा थप लाभको सुबिधा रहेको छ । अतिरिक्त थप शुल्क सहित दुर्घटनावाट प्राप्त हुने यो दोहोरो मृत्यु लाभ बीमा शुल्क भक्तानी गर्नुपर्ने अवधिभर तथा त्यसपछि बीमितको उमेर ७० वर्ष नपुगुन्जेल सम्म मात्र प्रदान गरिने छ । दुर्घटनावाट अंगभंग भएपनि अतिरिक्त थप शुल्क सहित लाभ बीमा शुल्क गर्नुपर्दछ । बीमितको उमेर ७० वर्ष नपुगुन्जेल सम्म मात्र प्रदान गर्दछ । यी दुई लाभ सुविधामा कम्पनीले जारी गरेको बीमा लेखहरुको बीमाङ्कको जोड सहित ५० लाख सम्म प्राप्त गर्न सकिन्छ ।