Nepal Life Insurance

नेको इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले बृद्धि

प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार ११:२३

Beema News

बीमा न्युज,
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा तीन करोड ६१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले दुई करोड ५० लाख रुपैयाँ कमाउन सफल भएको थियो । गत वर्षको सोहि अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासको मुनाफा ४४ दशमलव ४ प्रतिशतले बढि हो ।

कम्पनीको चुक्ता पुँजी ७१ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै जगेडाकोषमा २४ करोड ९६ लाख रुपैयाँ र बीमाकोषमा ३० करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको आम्दानी ४४ दशमलव २८ प्रतिशत बढेर छ करोड १९ लाख रुपैयाँ पुगेको छ भने खर्च ४४ दशमलव ३८ प्रतिशतले बढेर दुई करोड ५७ लाख रुपैयाँ पुगेको छ । यस अबधीमा कम्पनीले बीमा शुल्क २३ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ भने सात करोड ८७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी वार्षिक २० दशमलब ३० रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ७७ दशमलव ४४ रुपैयाँ र मुल्य आम्दानीको अनुपात ४५ दशमलब ९१ गुणा रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....