बीमा न्युज
मंसिर १ काठमाडौँ ।
रिलायन्स लाईफ इन्स्योरेन्सले कारोबार संञ्चालन गरेको छ । बीमा समितिबाट कार्तिक २६ गते कारोबार अनुमति पाएको कम्पनीले मंसिर १ बाट कारोबार संञ्चालन गरेको हो ।
कम्पनीले सुरुवाती चरणमा ३ प्रकारका जीवन बीमा योजना सार्वजनिक गरेको छ । १ अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले सर्वसाधारणका लागि ६३ करोडको शेयर जारी गर्दै २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने बताएको छ । १ सय १३ जना प्रर्वद्धक शेयरधनि रहेको कम्पनीको अध्यक्षमा ताराचन्द केडिया रहेका छन् । त्यसैगरि नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेललाई नियुक्त गरिएको छ ।
शुक्रबार राजधानिमा आयोजित कारोबार सुभारम्भ समारोहमा कम्पनीका अध्यक्ष तारा चन्द केडियाले नेपालीका आयस्तरमा बृद्धि भएको र कुल ग्राहस्थ उत्पादनमा पनि बृद्धि हुँदै गएकाले बीमा क्षेत्रको बजार विस्तारमा समस्या नहुने धारणा व्यत्त गर्नुभयो ।
त्यसैगरि कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले कम्पनीले उच्च स्तरिय सेवा प्रदान गर्ने बताउँदै निकट भविष्यमा डिजिटल सेवा विस्तारमा पनि कम्पनी अग्रसर हुने बताउनुभयो ।
देशभर कम्पनीको सेवा विस्तारका लागि कम्पनीले समितिसंग २० वटा शाखा विस्तारको अनुमति समेत माग गरेको छ । नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको कम्पनीले इन्डाउनमेन्ट एसुरेन्स विथ होल लाईफ प्लान, मनि ब्याक एसुरेन्स प्लान र इन्डाउनमेन्ट एसुरेन्स प्लान गरि ३ प्रकारका बीमा योजना सार्वजनिक गरेको छ । अन्य बीमा योजनाा भने ग्राहकको चहाना अनूरुप सार्वजनिक गरिने कम्पनीले बताएको छ ।