बीमा न्युज,
काठमाडौं । प्रिमियर इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड १२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको सोहि अवधिमा दुई करोड चार लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको पहिलो त्रैमासको तुलनामा यो खुद नाफा ३.९४ ले धेरै हो ।
कम्पनीले कुल ४१ करोड ९२ लाख ४१ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष ३४ करोड ३६ लाख २७ हजार रुपैयाँ रहेको कुल बिमा शुल्क आर्जन चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२५ ले वृद्धि भएको हो । प्रिमियरले पुनर्बीमा कमिसनबाट चार करोड ५७ लाख तीन हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले कुल १२ करोड ७४ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । यता, भुक्तानी हुन दाबी रकम भने एक अर्ब छ करोड एक लाख ४१ हजार रुपैयाँ छ ।
कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख चार हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसको चुक्ता पुँजी ३७ करोड ३७ लाख ५३ हजार रुपैयाँ थियो । कम्पनीको रिजर्भ कोषमा १३ करोड १५ लाख ९९ हजार रुपैयाँ छ । यस्तै बिमा कोषमा ३४ करोड चार लाख ३३ हजार रुपैयाँ रहेको छ । माहाविपत्ति जगेडामा भने तीन करोड एक लाख दूई हजार रुपैयाँ छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ २ सय ११ रुपैयाँ ९६ पैसा छ ।