बीमा न्युज,
मंसिर ३, काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्सेमा सुचिकृत समुह मध्ये उत्पादन तथा प्रशोधन समुह बाहेक सबैमा गिरावट आएको हो । नेप्सेमा १३.३४ अंकले घटेको छ । यस्तै बीमा समुहमा १३४.३३ अंकको भारि गिरावट देखिएको छ ।
आइतबार बीमा समुहमा १३४.३३ अंकको भारि गिरावट आउदा बीमा परिसुचक सात हजार नौं सय १३ दशमलब ३६ विन्दुमा झरेको छ । एक दशमलब ६७ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने छ करोड ८२ लाख १७ हजार पाँच सय रुपैँया भएको छ ।
आइतबार बीमा समुहको धेरै कारोबार गर्नेमा दुई बीमा कम्पनी रहेका छन् । एक करोड ७२ लाख बराबरको कारोबार भएर नेपाल लाइफ शिर्ष सुचिको चौंथौं स्थानमा रहेका छन भने प्राइम लाइफको एक ७७ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएका छन् ।
कारोबार संख्याको आधारमा आइतबार नेपाल लाइफ मात्रै रहेका छन् । नेपाल लाइफको एक सय ६५ पटक कारोबार भएको छ । आइतबार धेरै कमाउनेमा कुनै पनि बीमा कम्पनी रहेका छैनन्, गुमाउनेमा भने सगरमाथा इन्स्योरेन्स मात्रै रहेको छ ।
आइतबार नेप्से १३.३४ अंकले गिरावट आउदाँ १४ सय ७५ दशलमब ७२ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५६ कम्पनीका ११ लाख ५५ हजार छ सय ९२ कित्ता शेयरहरु पाँच हजार एक सय १८ वटा कारोबारबाट ४५ करोड ५२ लाख सात सय २९ रुपैँयामा किनबेच भएका छन् ।