Nepal Life Insurance

‘Know Your Product’ आइएमई बाल उमंग (अग्रिम भुक्तानी) जीवन बीमा योजना

प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार १५:५५

Beema News

‘Know Your Product’  अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठकमाझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको  ‘Know Your Product’ मा आइएमई बाल उमंग (अग्रिम भुक्तानी) जीवन बीमा योजना

बीमा न्युज,
काठमाडौं । बालबालिकाको जीवनलाई केन्द्रित गरेर आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइएमई बाल उमंग (अग्रिम भुक्तानी) जीवन बीमा योजना (IME Child Money Back Plan) सर्वाजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको जीवन बीमा योजना मध्ये यो एक बीमा योजना हो ।

यस बीमा योजनामा सहभागि हुन बीमितको न्युनतम प्रबेश उमेर जन्मे देखि अधिकतम उमेर १५ वर्ष रहेको छ । बीमकको प्रस्तावकको पनि उमेरहद तोकिएको छ । प्रस्तावकका उमेर न्युनतम १७ वर्ष र अधिकतम ६५ वर्ष निर्धारण गरेको छ ।

न्युनतम बीमा अवधि १० वर्ष तोकिएको छ भने अधिकतम ३० वर्ष सम्मको रहेको छ । बीमितको न्युनतम परिपक्वता उमेर १६ वर्ष तोकिएको छ भने अधिकतम परिपक्वता उमेर ३० वर्ष रहेको छ । प्रस्तावकको पनि परिपक्वता उमेर ७० वर्ष तोकिएको छ ।


न्युनतम बीमाङ्क रकम ५० हजार निर्धारण गरिएको छ भने आयस्रोतको आधारमा त्यो भन्दा धेरै पनि बीमाङ्क निर्धारण गर्न सकिन्छ । तर २० लाख भन्दा माथिको बीमा चाहेमा अनिवार्य रुपमा प्रस्तावकको पनि समान बीमाङ्क बराबरको बीमा आवश्यक हुन्छ । बीमा शुल्क वार्षिक, अर्धबार्षिक, त्रैमासिक वा मासिक रुपमा भुक्तान गर्न सकिनेछ ।

 

छुटको अफर
दुईलाख ४९ लाख नौं सय ९९ रुपैयाँ सम्मको बीमाङ्क रकममा कुनै छुटको व्यवस्था गरिएको छैन भने दुई लाख ५० हजार देखि चार लाख ४९ हजार नौं सय ९९ रुपैयाँमा प्रति हजार एक रुपैंया र पाँच लाख भन्दा माथिको बीमाङ्क रकममा दुई रुपैंया प्रतिहजार छुट दिइनेछ । बीमाङ्क रकम भने १० हजारको गुणंकमा हुनुपर्दछ ।

यस्तै बीमा शुल्कको भुक्तानीको तरिकाको आधारमा पनि बीमा शुल्कमा छुट दिने व्यवस्था छ । त्रैमासिक वा तलब बचत योजनामा कुनै थप छुटको व्यवस्था छैन भने अर्धवार्षिकमा एक प्रतिशत, वार्षिकमा दुई प्रतिशत र मासिक बीमा शुल्क भुक्तानीमा थप पाँच प्रतिशत सम्म बीमा शुल्क छुट प्रदान गरिने छ । चुक्तामुल्य र समर्पण मुल्य र कर्जा बीमालेख अन्र्तगत यो सुविधा उपलब्ध हुने छ ।

 

बीमांङ्क रकम भुक्तानी दिइने अवस्था
बीमा सामाप्त हुने मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि उक्त मितिमा बीमाङ्ग र बोनस रकम सहित भुक्तानी दिइनेछ । जोखिम प्रारम्भ हुनु अगाबै बीमितको मृन्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमकले प्राप्त गरेको अतिरिक्त बीमा शुल्क बाहेक सम्पुर्ण बीमाशुल्क फिर्ता दिइनेछ ।

जोखिम प्रारम्भ भएपछि बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमा लेखकोको शर्तहरुको अधिनमा रहि बीमाङ्ग रकम र नियमानुसारको बोनस एकमुष्ठ भुक्तानी दिइनेछ ।

पुरक करार सुबिधा
अतिरिक्त शुल्क सहित यो एच्छिक सुबिधा प्रस्तावकको उमेर ७० वर्ष नपुगुन्जेल सम्म वा बीमितको उमेर १६ वर्ष नपुन्जेल सम्म प्रस्तावकको मृत्यु भएमा वा दुर्घटनावाट पुर्ण शारिरिक अशक्तता वा अंगभंग भई पुर्ण अशक्त भएमा यस पुरक करारको बीमाङ्क रकम वराबरको वा ५० लाख सम्मको लाभ प्राप्त गर्न सकिन्छ ।

यस लाभ अन्र्तगत मुल बीमालेख अनुसार तिर्नुपर्ने बाँकी सम्पुर्ण बीमाशुलक मिनाह हुन्छ । मासिक आम्दानी सुबिधा अन्र्तगत पुरक करारको बीमाङ्क रकममा १५ का दरले प्रत्येक महिना बीमितले भुक्तानी प्रदान गर्दछ ।

बीमितको उमेर १६ वर्ष पुरा भै दुर्घटना लाभ लिन चाहेमा पछि आउने बीमालेखको वार्षिक तिथि देखि मात्र लिन सकिन्छ ।

सुविधाहरु

यस बीमा योजनामा दुर्घटनावाट मृत्यु वा अंगभंग भएमा थप लाभको सुबिधा रहेको छ । अतिरिक्त थप शुल्क सहित दुर्घटनावाट प्राप्त हुने यो दोहोरो मृत्यु लाभ बीमा शुल्क भक्तानी गर्नुपर्ने अवधिभर तथा त्यसपछि बीमितको उमेर ३० वर्ष नपुगुन्जेल सम्म मात्र प्रदान गरिने छ ।यो सुविधा आइएमई लाइफवाट जारि गरिएका अन्य बीमालेखहहरुको बीमांकको जोड सहित जम्मा ५० लाख रुपैयाँ सम्म प्राप्त गर्न सकिन्छ । यसका लागि प्रति हजार प्रति वर्ष एक रुपैयाँ बीमा शुल्क तिर्नपर्दछ । पेशागत जोखिमको आधारमा थप दस्तुर लाग्ने बीमालेखको हकमा प्रति हजार प्रति वर्ष दुई रुपैंयाँ बीमा शुल्क तिर्नुपर्दछ ।

दुर्घटनावाट मृत्यु भएका वा अंगभंग भएमा पनि थप लाभ दिने व्यवस्था छ । अतिरिक्त थप शुल्क सहित दुर्घटनावाट प्राप्त हुने यो दुर्घटनावाट मृत्यु भएका वा अंगभंग भएमा लाभ बीमा अवधिभर वा बीमितको उमेर ३० वर्ष नपुगुन्जेल सम्म मात्रै प्रदान गरिनेछ । यो सुविधा कम्पनीवाट जारि गारिएको अन्य बीमालेखहरुको बीमाङ्गको जोड सहित जम्मा ५० लाख रुपैयाँ सम्म प्राप्त गर्न सकिन्छ । यसका लागि प्रति हजार प्रति वर्ष दुई रुपैंया थप बीमा शुल्क लाग्नेछ । पेशागत जोखिमको आधारमा थप दस्तुर लाग्ने बीमालेखको हकमा प्रति हजार प्रतिवर्ष चार रुपैंया थप बीमा शुल्क लाग्नेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....