Nepal Life Insurance

नेपाल लाइफको बजार विस्तार रणनीतिक योजना अन्र्तगत चन्द्रगढिमा उपशाखा विस्तार

प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार १७:१६

Beema News

बीमा न्युज,
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा विस्तार भएको छ । कम्पनीले जीवन बीमाको बजारलाई विस्तार गर्दै लाने क्रममा झापाको चन्द्रगढिमा उपशाखा कार्यलय विस्तार भएको हो । उपशाखा कार्यलय बीमा समितिमा निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीवाट समुद्घाटन भएको छ ।

 

उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै निमित्त कार्यकारी निर्देशक कार्किले जीवन बीमा क्षेत्रले केहि समय देखि अर्थतन्त्रमा उच्साहजनक योगदान पुर्याइरहेको र यो बीमा क्षेत्रले बैकिङ्ग क्षेत्रसंग स्वस्थ प्रतिस्पर्धा एवं परिपुर क्षेत्रको रुपमा भुमिमा निर्वाह गर्दै आएको बताउनुभयो । साथै उहाँले उप शाखा कार्यलयको स्थापनावाट स्थानिय स्तरमा बीमितले सेवा प्राप्त गर्ने र यसले बीमा बजारमा थप सहयोग पुग्ने बताउनुभयो ।

 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बजार विस्तार रणनीति अन्र्तगत चालु आर्थिक वर्षमा शाखा तथा उपशाखा कार्यलय बिस्तारमा जोड दिदै आएको बताउनुभयो । अधिकृत झाले अभिकर्ताहरुलाई समाजमा स्थापित गर्न सक्दो प्रयास गरेकोले फलस्वरुप आज कम्पनीका अभिकर्ताहरु समाजका महत्वपुर्ण संवाहकको रुपमा स्थापित भएकोमा आफुलाई गर्व लागेको बताउनुभयो । बीमितको प्रतिफल बृद्धि तथा दिगो व्यवसाय हासिल गर्ने तर्फ कार्य गर्दै आएकोले फलस्वरुप कम्पनीले बीमा क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको दाबी गर्नुभयो ।

 

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राम्रो प्रगति हासिल गरेको छ । यो अवधिमा नेपाल लाइफले १७ करोड ७४ लाख बढीको खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा नेपाल लाइफको पाँच करोड ८९ लाख मात्रै खूद नाफा गरेको थियो । जसअनुसार यस वर्ष नेपाल लाइफले २०१ प्रतिशतले नाफा बढाएको हो ।

 

कम्पनीले बिमा शुल्कबाट हुने आम्दानीलाई पनि बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ६६ करोड रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ३ अर्ब ७५ करोडको उचाईमा पुुगेको छ ।

लगानी, कर्जा तथा अन्यबाट हुने आय गत वर्षको यही अवधिमा ४६ करोड ८६ लाख रुपैयाँ रहेकोमा बढेर यो वर्ष ९३ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बीमालेख धितो कर्जावाट आय १० करोडमा रहेको थियो । तर यो वर्ष भने २६ करोड ९२ लाखमा पुगेको छ ।

समीक्षा अवधिमा नेपाल लाइफले १ अर्ब १८ करोड बढीको दाबीभुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५८ करोड ६१ लाख बराबरको मात्र दाबी भुक्तानी गरेको थियो । अघिल्लो वर्ष १० लाख २० हजार रहेको बिमा लेखको संख्यालाई बढाएर १० लाख ९४ हजार माथि पुर्याएको देखिन्छ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा यो कम्पनीले व्यवस्थापन खर्चमा करिब २२ लाखको कटौति गर्न सफल भएको छ । जीवन बिमा कोषलाई निकै मजबुत रहेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३४ अर्ब २८ करोड रहेको कोषमा समीक्षा अवधिसम्म ४३ अर्ब ३६ करोड भन्दा बढी रकम जम्मा भएको छ ।

कम्पनीको रिजर्ब कोषमा अघिल्लो वर्षको यही अवधिमा ३१ करोड ८२ लाख रहेकोमा समीक्षा अवधिसम्म ४ अर्ब ८६ करोड जम्मा भएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....