बीमा न्युज,
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । नयाँ अनुमति पाएर गत भदौ १५ गतेबाट कारोबार सुरु गरेको रिलाइबलले पहिलो त्रैमासमा तीन करोड ६८ लाख ६९ हजार रुपैया खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको चुक्तापुँजी एक अर्ब ४० करोड रहेको छ भने जगेडा तथा कोषमा ४ करोड १७ लाख ४८ हजार रहेको छ । जीवन बीमा कोषमा चार लाख ९४ हजार रहेको छ । यस्तै लगानी कर्जा तथा अन्यवाट ४ करोड ४८ लाख एक सय २० रुपैयाँ आम्दानी भएको छ । कम्पनीको व्यवस्थापन खर्चमा पाँच लाख ४० हजार सात सय ६४ रुपैयाँ खर्च भएको छ ।
कम्पनीको बीमा शुल्क खुद आय ५२ लाख ५८ हजार आठ सय २५ रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ ५३ पैसा रहेको छ । प्रति शेयर नेछवर्थ १०२ रुपैयाँ ५३ पैसा र प्रति शेयर कुल कुल सम्पत्तिको मुल्य १०३ रुपैयाँ ५३ पैसा रहेको छ ।