Nepal Life Insurance

रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रविणरमण पराजुजी नियुक्त

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार १०:५१

Beema News

बीमा न्युज,
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत नियुत्त गरेको छ । कम्पनीको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा प्रविणरमण पराजुलीलाई चार वर्ष अवधिका लागि नियुक्त गरेको हो । सीईओमा नियुक्त गर्न गरेको प्रस्तावलाई बीमा समितिले पनि स्वीकृत दिएको छ ।

 

 

नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत पराजुली करिब दुई महिनामछि मात्र रिलायन्समा जिम्मेवारी समाल्ने भएको छन् । उनी नेपाल मर्चेन्ट बैंक संघको संस्थापक र वर्तमान अध्यक्ष पनि हुन् ।

 

बैंकिङ र पुँजी बजारको राम्रो ज्ञान र अनुभव भएका पराजुलीको लागि बीमा क्षेत्र भने नयाँ हो । तर अध्ययन, व्यवस्थापकिय कुशलता र जनसम्मर्क अत्यान्तै राम्रो भएको, युवा जोश जाँगर भएकोले उनलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी स्रोतले बतायो ।

 

दुई अर्ब १० करोड अधिकृत पुँजी रहेको यस कम्पनीमा हाल प्रवद्र्धकको तर्फबाट १ अर्ब ४७ करोड रुपैयाँ लगानी छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि ६३ करोड रुपैयाँको शेयर जारी गर्ने बताएको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....