Nepal Life Insurance

कास्कीमा स्वास्थ्य बीमा गराउनेको संख्या ५६ हजार ४५०

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार १५:१७

Beema News

बीमा न्युज,
कास्की । कास्कीमा स्वास्थ्य बीमा गराउनेको संख्या ५६ हजार चार सय ५० जनाले पुगेको छ । गत पुस १२ गते देखि सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति सुरु गरेको बीमा दर्ता प्रक्रियामा उक्त संख्याले स्वास्थ्य बीमा दर्ता गरेको हो ।

बीमा दर्ता गरेबापत तीन करोड ७० लाख रुपैयाँ संकलन भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीका कार्यालय प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । बीमा दर्ता गराएका २५ हजार दुई जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले दुई करोड ५० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । बीमा दर्ता गरेका सदस्यले कास्कीका दश सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ प्रकारको विविध उपचार सेवा पाउने भट्टराईले बताउनुभयो ।

कास्कीका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडावारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।

प्रति परिवारका पाँच जना सदस्य बराबर दुई हजार पाँच सय रुपैंया बीमाशुल्क भुक्तानी गरेपछि परिवारले ५० हजार रुपैंया सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । पाँच जना भन्दा बढी परिवार भएका खण्डमा प्रति सदस्य चार सय २५ रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । थोरै रकमबाट ढुक्कसँग ५० हजार रूपैयाँसम्मको उपचार पाउने भएपछि बीमाको आकर्षण बढेको हो ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....